काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना (LIVE)
नेपाल प्रेस
२०७९ माघ १ गते ११:२०
काठमाडौं । पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर