राष्ट्रपति भण्डारीले गरिन् सुनसरीका धार्मिक स्थलको दर्शन – Nepal Press

राष्ट्रपति भण्डारीले गरिन् सुनसरीका धार्मिक स्थलको दर्शन

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् ।

उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालु तथा भक्तजनसँग पनि भेट गरेकी थिइन् ।

त्यस लगतै उनी धरानमा रहेका बुढासुब्बा, दन्तकाली र पिन्डेश्वर मन्दिर दर्शन गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *