लोकदोहोरी गायिका निराको निधनमा भोलि देशभरका दोहारी साँझ बन्द हुने – Nepal Press

लोकदोहोरी गायिका निराको निधनमा भोलि देशभरका दोहारी साँझ बन्द हुने

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा भोलि देशभरका दोहारी साँझ बन्द हुने भएका छन् ।

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानको आकस्मिक बैठकले २२ वर्षीया गायिका छन्त्यालको मृत्युप्रति शोक व्यक्त गर्दै भोलि सोमबार देशभरका दोहारी साँझमा पूर्वनिर्धारित कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, प्रतिष्ठानले छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने पनि निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर