सत्ताबाट बाहिरिएपछि देउवा पहिलोपटक सर्वदलीय बैठकका लागि बालुवाटारमा – Nepal Press

सत्ताबाट बाहिरिएपछि देउवा पहिलोपटक सर्वदलीय बैठकका लागि बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सत्ताबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका छन् ।

उनी आज सर्वदलीय बैठकका लागि त्यहाँ पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिने दलहरुसँग छलफल गर्न आह्वान गरेसँगै कांग्रेसका सभापतिसहितका शीर्ष नेताहरु बालुवाटारमा उपस्थित भइसकेका छन् । बैठकका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्का, रमेश लेखक बाुलवाटार पुगेका छन् ।

त्यस्तै, प्रमुख सत्ता साझेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल एवम् नवनियुक्त मन्त्री रेखा शर्मा पनि आइसकेका छन् भने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि उपस्थित भइसकेका छन् ।

सर्वदलीय बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर