पल शाह मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आउँदै – Nepal Press

पल शाह मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आउँदै

काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।

केहीबेरमा आचार्यले फैसला सुनाउनेछन् । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर