सर्वदलीय बैठक- राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार – Nepal Press

सर्वदलीय बैठक- राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

सर्वदलीय बैठकमा देउवाले भने- म प्रमुख विपक्षी दलको नेताकै हैसियतमा आएको हुँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार भएको जानकारी गराएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि मिलेर जान प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले बताए ।

उनले आफूहरुले कांग्रेस नै प्रमुख प्रतिपक्ष दल भएको जानकारी गराएको समेत बताए ।

सर्वदलीय बैठकमा उनले भने, ‘हामी प्रमुख प्रतिपक्ष दलको हैसियतले आएका छौं । प्रधानमन्त्रीले छलफल गर्न चाहानुभयो भने हामी तयार छौं नै भन्यौँ ।’

बैठकमा कांग्रेस सभापति देउवाले आफू प्रमुख विपक्षी दलको नेताकै हैसियतमा आएको बताएका थिए ।

उनले सभामुखको निर्वाचनमा भाग लिनेबारे आन्तरिक छलफल गरेर भोलिसम्म निर्णय गर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले बिषय प्रवेश गराउनुभएको छ । तर, कुनै सहमति भएन । हामीले हाम्रो दृष्टिकोण राखेका छौैं ।’

 


प्रतिक्रिया

One thought on “सर्वदलीय बैठक- राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

  1. राष्ट्रपति खान हिडेको हो लुच्चो काँग्रेस । नपाएको भोलिपल्टदेखि बबाल गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर