सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित – Nepal Press

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित

कैलाली । सुदूरपश्चिम प्रदेशका उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए ।

चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन् । उपसभामुखको अर्काे उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २३ मत पाएकी थिइन् ।

पन्तले कांग्रेसको १९, नेकपा एकीकृत समाजवादीको ४ र स्वतन्त्र १ मत पाएकी थिइन् ।

आजै बिहान माओवादी केन्द्रका भीम भण्डारी पनि सभामुखमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर