सभामुख उम्मेदवार उठाउनुअघि कांग्रेसले प्रधानमन्त्रीलाई पर्खिने, अरु दलसँग पनि सल्लाह गर्ने – Nepal Press

सभामुख उम्मेदवार उठाउनुअघि कांग्रेसले प्रधानमन्त्रीलाई पर्खिने, अरु दलसँग पनि सल्लाह गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि अरु दलसँग पनि छलफल गर्ने भएको छ ।

धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अरु दलसँग छलफल गरेर उम्मेवारी दर्ता गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने, ‘कुन-कुन दलको समर्थन लिन सकिन्छ भनेर हामी छलफल गर्छौं । उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको छ ।’

महतले प्रधानमन्त्री प्रचण्डले सल्लाह गर्ने बताएकाले अझै पनि पर्खिने जानकारी दिए ।

पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर