नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि पहल गर्न राजनीतिक दललाई मधेशी आयोगकाे पत्राचार – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि पहल गर्न राजनीतिक दललाई मधेशी आयोगकाे पत्राचार

काठमाडौं । मधेशी आयोगले प्रमुख राजनीतिक दललाई नागरिकता सम्बन्धी विधेयक, २०७९ प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।

नागरिकता विहिन संघर्ष समितिका पदाधिकारीले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष ज्ञापन पत्र बुझाएका थिए । नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधाबाट बन्चित हुनुपरेको समस्याले गर्दा नयाँ राष्ट्रपतिको नियुक्तिपछि नागरिकता विधयेक, २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापन पत्र बुझेपछि अध्यक्ष दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोगबाट पछाडि नहट्नेसमेत प्रतिद्वता जनाएका छन् ।

ज्ञापन पत्रलाई मध्यनजर गर्दै अध्यक्ष दत्तको निर्देशनमा आयोगले सबै शिर्ष राजनीतिक दललाई विधेयक प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पत्राचार गरेको हो ।

नागरिकता सम्बन्धी विधेयक २०७९ दुई पल्ट प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति समक्ष पुगे पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले आफुहरु राज्यको विभिन्न सेवा सुविधाबाट बन्चित हुनुपरेको सो ज्ञापन पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर