राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु : डा. रुइत (भिडिओ) – Nepal Press

राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु : डा. रुइत (भिडिओ)

'जीवनको तपस्याको फल मिल्यो, नेपालीलाई दुई गुणा मेहनत चाहिन्थ्यो'

काठमाडौं । डा. सन्दुक रुइतले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड इसा प्राप्त गरेपछि जीवनको तपस्याको फल मिलेको प्रतिक्रिया दिएका छन् ।

बहराइनले दिने यो अवार्डका लागि विदेशीभन्दा नेपालीले दुई गुणा बढी मेहेनत गर्नुपर्ने भएकाले आफूले ढिलो पाएको उनको प्रतिक्रिया दिएको थियो ।

‘३५ वर्षको मेरो करियरमा प्राप्त भएको यो अवार्ड जिवनको तपस्याको फल मिलेजस्तो भएको छ ।’ त्यस्तै, उनले आफूलाई राज्यले कसरी रेस्पोन्स गर्छ भनेर पनि हेरिरहेको बताए ।

रुइतले यो अवार्डले नेपालीको आत्मसम्मान र चिनारीलाई निकै माथि पुर्याएको बताए । ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको गिर्दो छवीलाई यो अवार्डले केही लिफ्ट गरेको छ । यसलाई राज्यले पनि बुझ्नुपर्छ । म हेरिरहेको छु राज्यले मलाई कसरी रेस्पोन्स गर्छ’, इसा अवार्डले बढाएको दायित्वबारे रुइतले भने ।

उनले यो अवार्डका लागि आफूले मनोनयन दर्ता नगरेको र जुरी आफैंले समावेश गरेको पनि बताए । ‘मैले आजसम्म कहीँ कतै नोमिनेसन गरेको छैन नत राज्यले गरेको छ । जुरीले आफैं मेरो नाम ६ वटाको सूचीमा समावेश गर्नु भएको छ । त्यसमा कोभिडको समयमा काम गरेको विश्व स्वास्थ्य संगठन पनि थियो । यस्तो समयमा यो अवार्ड पाउँदा मैले सुरुमा पत्याउन पनि सकिनँ । कसलाई भनौँ कसलाई भयो’, रुइतले भने ।

विश्व प्रतिष्ठित यो अवार्ड उनले निष्पक्ष भएको पनि बताए । ‘विश्वका स्थापित अवार्डहरु सोसिओ पोलिटिकल स्ट्राटेजिक कनेक्टिभिटीका आधारमा दिइने गरेकाले विवादमा पर्छन् । तर यो अवार्ड मानवताको क्षेत्रमा सेवा गर्ने ग्रास रुटमा काम गर्नेलाई निकै मुल्यांकन गरेर दिइने रहेछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर