‘कर नतिर्नेप्रति राज्य निर्मम हुन्छ, जेल सजायसमेत गराउँछौं’
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्- कर प्रशासनले केही जानकारी पाउँदैन भन्ने भ्रममा कोही करदाता नपरौं
काठमाडौं । सरकारको राजस्वले चालू खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै विभिन्न खालका टिप्पणी भइरहेका छन् । चालू आर्थिक वर्षको पुस महिना पनि सकिएको छ । आन्तरिक राजस्वतर्फ पुसलाई सबैभन्दा बढी आयकर तिर्ने महिनाको रुपमा लिइन्छ । यही वेला करदाताले ४० प्रतिशत किस्ता बुझाउनुपर्छ । बाँकी चैत र असारमा गरी ३०÷३० प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ । सबैभन्दा बढी आयकर उठ्ने समय भएकाले पनि यही महिनाको आयकरको फिगरलाई लिएर वर्षभरिको राजस्व आंकलनसमेत गर्न सहज हुने मानिँदै आएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म आन्तरिक राजस्व लक्ष्यअनुसार नउठे पनि गत वर्षको यसै अवधिको तुलनामा भने केही बढी उठेको आन्तरिक राजस्व विभागले जनाएको छ । समग्र राजस्वमै संकुचन आउँदा कर्मचारीको तलब खुवाउनसमेत ऋण लिनुपरेको भन्दै आलोचना भइरहेको छ । आन्तरिकतर्फको राजस्वको अवस्था, सुधारका उपाय, कर छली गर्ने प्रवृत्तिलगायतका विषयमा केन्द्रित रहेर विभागका महानिर्देशक दीर्घराज मैनालीसँग नेपाल प्रेसकर्मी एलिजा उप्रेतीले गरेको कुराकानीको सम्पादित अंशः
– चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन । आन्तरिक राजस्वतर्फ पनि त्यस्तै देखियो नि ?
विभिन्न बाह्य तथा आन्तरिक कारणले विगत महिनादेखि नै राजस्व संकलन कम भएको छ । पुस चाहिं आन्तरिक राजस्वमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने महिना हो । गत वर्ष आन्तरिक राजस्व विभागअन्र्तगतका कार्यालयले ७० अर्ब राजस्व संकलन गरेका थिए भने यो वर्ष ७१ अर्ब राजस्व संकलन गर्न सफल भएका छौं ।
अलिकति आर्थिक गतिविधिमा सुधार आएको र त्यसले राजस्व संकलनमा समेत थप वृद्धि भएको हो भन्ने अनुभूति गरेका छौं । क्रमशः आर्थिक गतिविधिमा सुधार आउँदै जाने, पारदर्शी आर्थिक कारोबारमा वृद्धि हुँदा आगामी दिनमा राजस्वमा पनि सोहीअनुसार वृद्धि हुन्छ ।
त्यसको लागि आन्तरिक राजस्व विभागले आफूअन्र्तगतका ४५ वटा आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालयलगायत र ३९ वटा करदाता सेवा कार्यालयलाई पूर्ण रुपमा परिचालन गरेका छौं । खासगरी करदाता शिक्षा र करदाता सेवालाई एकदमै महत्वपूर्ण रुपमा अघि बढाएका छौं । विवरणहरु नबुझाउनेलगायत नन-फइलरहरु घटाउन स्पष्ट विभागीय निर्देशन जारी गरेका छौं । सोअनुसार काम अघि बढेको छ ।
आय गर्नेले आयकर तिर्ने हो । जसको कारोबारमा घाटा छ, आय छैन भने उसले तिर्नुपर्दैन । हिसाबले देखाउने विषय हो । गत वर्ष नाफाको कर तिरेको भन्दैमा अहिले पनि त्यही नाफा हुन्छ भन्ने छैन ।
– विगतका महिनामा राजस्व संकलन नहुँदा पुस महिनालाई आश गरिएको थियो । अहिले उठेको राजस्व सन्तोषजनक भयो भन्न सकिन्छ ?
सन्तोषजनक छ भनरे हामी ढुक्क हुने अवस्था छैन । तर, हामी गत वर्षको भन्दा पनि माइनस गइरहेको अवस्थामा गत वर्ष त्यही महिना त्यही अवधिभन्दा अहिले प्लसमा गएको हुनाले आशावादी छौं । आउने दिनमा समग्र निजी क्षेत्रको, सार्वजनिक क्षेत्रको पूँजीगत खर्च, निर्माणमा पनि थप गतिशिलता आउने र समग्र राजस्वलाई मद्दत पु¥याउँछ भन्ने हामीले अपेक्षा गरेका छौं । यसका लागि सरकारले तत्काल सुधार गर्न लिएका वित्तीय नीति, न्यूनत्तम साझा कार्यक्रम, राष्ट्र बैंकले लिएका नीतिगत सुधारका काम अघि बढेको छ । आन्तरिक राजस्वले पनि जुन ढंगले काम गरिरहेको छ, त्यस हिसाबमा आउने दिनमा क्रमशः सुधार हुँदै जानेछ ।
– अहिलेसम्मको अवस्थाले चालू वर्षको राजस्व संकलनको अवस्था कस्तो रहने देखाएको छ ?
अहिलेसम्मको अवस्थाले गत वर्षभन्दा केही न केही वृद्धि हासिल गर्न सकिने देखिएको छ । कहाँ-कहाँ केके समस्या छन् । ती सबै खालको समस्या निराकरण गर्न साँच्चिकै यथार्थ ढंगमा, वस्तुपरक ढंगमा विश्लेषण गरेर अघि बढेका छौं । कानूनको कडाइका साथ कार्यान्वयनदेखि राजस्व संकलनसम्मका जे जति उपाय छन्, ती सबै खालका उपाय अवलोकन गरेका छौं ।
त्यसमा हामीले निजी क्षेत्रलाई पनि विश्वास र साथमा लिएर अघि बढेका छौं । निजी क्षेत्रसँग सहकार्य, छलफल, अन्तरक्रिया अगाडि बढाइसकेका छौं । राजस्व भनेको आर्थिक गतिविधि जुन तरिकाले भएको छ, संकलन पनि त्यस्तै हुन्छ । मूल्य अभिवृद्धि कर, अन्तःशुल्क बुझाउन कारोबार भएको हुनुपर्छ भने आयकर बुझाउन आय भएको हुनुपर्छ ।
इमानदार करदाताले ढुक्कसँग काम गर्न पाउने अनुकूल वातावरण निर्माण गर्छौं र आन्तरिक समस्या समाधान गर्दै लैजानेछौं । हाम्रो सूचना प्रविधि बलियो बनाउँदैछौं । अडिट इन्भेस्टिगेसन सूचना ज्ञानमा आधारित बनाउँदै कर अधिकृतसमेतलाई जिम्मेवार बनाउँदै अघि बढेका छौं । राजस्व प्रशासनमा व्यवसायिकता र पारदर्शिता निश्चित रुपमा बढ्नेछ । त्यसले समग्र सुशासन कायम गर्न मदत गर्छ । यसले राजस्व संकलन र करको स्वेच्छिक सहभागिता बढाउँछ ।
– निजी क्षेत्रले कर तिर्न सक्ने क्षमता नै नभएको भन्दै आएका थिए । यस हिसाबले हेर्दा अहिलेको आयकर संकलनको अवस्था कस्तो छ ?
आय गर्नेले आयकर तिर्ने हो । जसको कारोबारमा घाटा छ, आय छैन भने उसले तिर्नुपर्दैन । हिसाबले देखाउने विषय हो । गत वर्ष नाफाको कर तिरेको भन्दैमा अहिले पनि त्यही नाफा हुन्छ भन्ने छैन । केही क्षेत्रमा संकुचन आएको निश्चित हो । तर, केही क्षेत्रमा सुधार पनि आएको छ । गत पुसमा संकलन गरेको आयकर करिब ४७ अर्ब थियो भने अहिले ५१ अर्ब संकलन भएको छ । आयकरमा सुधार देखिन्छ । निजी क्षेत्रका साथीले हामीले किस्ता तिर्न सक्तैनौं भन्ने कुरा नै राख्नुभएन । उहाँहरुले सरकारलाई सहयोग गर्नुभएको छ । जुन जुन समयमा आयकर राम्रो भएको छ, त्यतिखेर निजी क्षेत्रको मुनाफा पनि बढेको छ ।
सेवा प्रवाहमा केही सुधार आएको छ । खासगरी साना करदातालाई अनलाइन कर चुक्ताको प्रमाण पत्र दिएका छौं । ठूला करदाता क्रमशः सिस्टममा आउँदैछन् ।
– आयकरको अवस्था हेर्दा कुन क्षेत्रमा नाफा र कुन चाहि घाटा देखिएको छ ?
अहिले निर्माणसँग सम्बन्धित उद्योगहरुको उत्पादन बिक्री घटेको देखिएको छ । खासगरी डण्डी र सिमेन्टको । यसमा क्रमशः सुधार हुने देखिएको छ । बैंक तथा वित्तीय संस्थामा सुधार भएको देखिन्छ । अरु व्यापार व्यवसायको क्षेत्र औसतमा राम्रै देखिएको छ । अब आर्थिक गतिविधि सक्रिय रुपमा बढ्छ भन्ने देखिएको छ । आगामी असार मसान्तसम्ममा राजस्व संकलनको वृद्धिको आधार तयार गर्न सक्छौं ।
– व्यवसायीहरु औपचारिक रुपमा करको दायरामा आए पनि वार्षिक विवरण भने नबुझाउने गरेको सुनिन्छ । यसको पछिल्लो ट्रेण्ड कस्तो छ ?
विभिन्न समयक्रममा करदातालाई करको दायरामा ल्याएका हुन्छौं । कतिपय साना करदाताहरु नसकेको र कतिपयले कारोबार नै छोडिसकेको अवस्थामा पनि त्यस्तो हुन्छ । ठूलो कारोबार गर्ने करदातामा चाहि त्यस्तो देखिँदैन । पुस मसान्तपछि सिस्टमबाट रिपोर्ट जेनेरेट गरेर कुन कुन कार्यालयमा त्यस्तो छ, आयकर विवरण नबुझाउनेलाई बुझाउन सहजीकरण गर्ने, कारोबार गर्ने, मुनाफा आर्जन गर्ने र करको विवरण नबुझाउने तथा करको औपचारिकता पूरा नगर्नेमाथि कडाइका साथ कारबाही गर्छौं । कुनै कारणले करदाताले विवरण नबुझाएको छ भने बुझाउन आग्रहसमेत गर्दछु ।
सेवा प्रवाहमा केही सुधार आएको छ । खासगरी साना करदातालाई अनलाइन कर चुक्ताको प्रमाण पत्र दिएका छौं । ठूला करदाता क्रमशः सिस्टममा आउँदैछन् ।
– तपाईं अनलाइन र सहज रुपमा कर तिर्न सक्ने कुरा गर्दै हुनुहुन्छ । तर, कर तिर्न अझै पनि लाइन लाग्नुपर्ने अवस्था देखिन्छ नि ?
तपाईंले भनेको जस्तो केही वर्ष अगाडिसम्म हो । अहिले त्यस्तो छैन । आन्तरिक राजस्व कार्यालय र बैंकको काउन्टर अगाडि लाइन लाग्ने अवस्था छैन । कोभिडपछि घरमै बसेर कर तिर्न सकिने व्यवस्था भएपछि अहिले त्यस्तो लाइन छैन । अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरमा लाइन लाग्नुपर्ने अवस्था छैन । आन्तरिक राजस्व विभागले अनलाइन प्रणालीमा निकै ठूलो फड्को मारिसकेको छ ।
अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरमा लाइन लाग्नुपर्ने अवस्था छैन । आन्तरिक राजस्व विभागले अनलाइन प्रणालीमा निकै ठूलो फड्को मारिसकेको छ ।
– राजस्व चुहावटको अवस्था कस्तो छ, कुन क्षेत्रमा बढी चुहावट देखिएको छ ?
राजस्व चुहावट समय क्रममा विभिन्न त्यस्ता घटना हुन्छ । खासगरी राजस्व चुहावट हुने क्षेत्र भनेको उच्चदरले कर लाग्ने, हाई भ्यालुका सामानहरुको र सेवाहरुको कारोबार गर्नेबाट कर चुहावट हुन्छ । खुला सिमानाका कारण कर छली हुने र आन्तरिक ओसारपसारमा कर छली हुने अवस्था छ । खासगरी राजस्व भन्सारमा आधारित भएकाले त्यो विन्दुमा अलि बढी ध्यान पुर्याउन सक्यौं भने राजस्व चुहावट नियन्त्रण हुन्छ । तर, आन्तरिक बजारमा आएपछि त्यसले उन्मुक्ति पाउँछ भन्ने होइन । हामी आन्तरिक बजारमा कडाइका साथ अनुगमन गर्दैछौं । कतिपयमा सुरु गरिसकेका छौं ।
कसैले भन्सारमा घोषणा नगरिकन वस्तु लिएर आयो भने त्यसमा निगरानी बढाउँछौं । बिलबिजक लिने दिने प्रणाली पद्धतिअनुसार भयो कि भएन भनेर हामीले अनुगमन गर्ने हो । बिलबिजक जारी भएन भने राजस्व चुहावट हुने सम्भावना अधिक हुन्छ । आम उपभोक्ता र बिक्रेताले हरेक वस्तुको गुणस्तर र सुनिश्चितताका लागि र त्यसमा तिरेको राजस्व राज्यको कोषमा पुग्ने सुनिश्चितताका लागि बिलबिजक लिनुपर्छ । बिलबिजक लिएन भने राजस्व व्यक्तिको खल्तीमा जान्छ, राज्यको कोषमा जाँदैन । जसले गर्दा सामाजिक पूर्वाधार विकासमा राज्यले सोचे जसरी काम गर्न सक्तैन । अर्कोतिर त्यो वस्तुको गुणस्तर के हो भन्ने ग्यारेन्टी हुँदैन । त्यसकारण वस्तुको बिलबिजक लिने गर्नुपर्छ ।
– अहिले राजस्व चुहावट कति प्रतिशत छ ?
हामीले ठ्याक्कै कति प्रतिशत चुहावट भन्न चाहि सक्तैनौं । तर, कुनै न कुनै रुपमा केही मात्रामा रहन्छ संसारभर नै । हिजोका दिनमा पनि ठूल्ठूला अनुसन्धान भए । राजस्व चुहावट गर्ने र कर नतिर्नेमाथि शून्य सहनशीलता रहनेछ । त्यस्तालाई कारबाही गर्छौं ।
खासगरी राजस्व भन्सारमा आधारित भएकाले त्यो विन्दुमा अलि बढी ध्यान पु¥याउन सक्यौं भने राजस्व चुहावट नियन्त्रण हुन्छ । तर, आन्तरिक बजारमा आएपछि त्यसले उन्मुक्ति पाउँछ भन्ने होइन । हामी आन्तरिक बजारमा कडाइका साथ अनुगमन गर्दैछौं । कतिपयमा सुरु गरिसकेका छौं ।
– राजस्व संकनलमा तत्काल सुधार गर्नुपर्ने के के छन् ?
खासगरी हाम्रो कर स्वयं कर प्रणाली अथवा स्वःघोषणामा आधारित छ । भन्सारमा आयातकर्ताले स्वयं वस्तु र कारोबारको घोषणा गर्नुपर्छ । के वस्तु कति मूल्यमा ल्याएको हो, कुन दरबन्दी लाग्छ त्यसको घोषणा गरेर पैसा बुझाउनुपर्छ । त्यसपछि जाँचपास सुरु हुन्छ । पहिलो करदाता भनेको स्वयं आयातकर्ता हो । स्वयं घोषणा सही ढंगले हुनुपर्यो । अन्तःशुल्कमा स्वयं निष्काशन प्रणाली छ । केही वस्तुमा मात्र भौतिक नियन्त्रण प्रणाली छ ।
त्यसकारण करदाता स्वयंले कानुनबमोजिम करको गणना गरेर तिर्नुपर्छ । मूल्य अभिवृद्धि ऐनमा करदातालाई भ्याटमा दर्ता गर्ने भनेको कर अधिकृतको अधिकार प्रत्यायोजन गरिएको हो । १३ प्रतिशतका दरले उठाएको कर अर्को महिनाको २५ गतेभित्र खरिदका लागि तिरेका कर घटाएर करको फरकको विवरण उनीहरुले बुझाउनुपर्छ । भ्याटमा पनि सेल्फ छ । आयकरकमा पनि करदाताले वार्षिक कारोबारको अनुमान गरेर बुझाउने हो । यो प्रणालीभित्र जवाफदेही हुनुपर्छ ।
– स्वःघोषणामा गलत घोषणा होला, गलत वा सही के छ भनेर कसरी पत्ता लगाउनुहुन्छ ?
जसले गलत घोषणा गरेको छ, त्यो हामीले सिस्टमबाट पनि विश्लेषण गर्छौं । आईटीमा सबै सूचना आउँछ । विभिन्न खालका आउटसोर्स विश्लेषण गर्छौं । झूटा नक्कली विजकमा हामी अनुसन्धान गर्दैछौं । रेभेन्यु रिक्स कहाँ कहाँ छन् भनेर अनुसन्धान गरिँदैछ । कार्यालयले गरेको अनुसन्धानमा आन्तरिक नियन्त्रण प्रणाली विकास गरेका छौं ।
कर प्रशासनले जानकारी पाउन तथा पहिचान गर्न सक्तैन भन्ने भ्रममा परेर केही बिचौलियाको उक्साहटमा लागेर कर छलेको देखिन्छ । अहिले १०० रुपैयाँ तिर्दा हुन्थ्यो भने कर छली गर्नेले भोलि गएर ३०० तिर्दा पनि हुँदैन । यसमा कैदसमेत हुने व्यवस्था छ । कर छली गर्नेविरुद्ध निर्मम भएर कारबाही गर्छौं ।
राजश्व अनुुसन्धानको डिजी हुदाँ पनि मसंगको कुराकानीमा यही कुरा भन्नु भएको थियो अहिले फेरी आन्तरिक राजश्व विभागको डिजी हुदाँ पनि यही कुरा भन्नु भएछ तर जेल भने अहिले सम्म हाल्न सक्नु भएको छैन, खुला रुपमा कर छली गर्ने ठूला घरानीया भन्ने कम्पनीका सञ्चालकमाथी छानविन गर्ने आँट अझै छैन ।