आज सभामुखको निर्वाचन – Nepal Press

आज सभामुखको निर्वाचन

काठमाडौं । बिहीबार प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । सभामुख चयनका लागि बिहीबार प्रतिनिधिसभामा मतदान हुँदैछ ।

गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्।

न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।

घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । जुन सत्ता गठबन्धनसँग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर