घिमिरेलाई बधाई दिँदै ईश्वरीले भनिन्- दल विशेषको सभामुख नभइदिनुस् – Nepal Press

घिमिरेलाई बधाई दिँदै ईश्वरीले भनिन्- दल विशेषको सभामुख नभइदिनुस्

काठमाडौं । सभामुखमा पराजित नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई कुनै दल विशेषको सभामुख नबनिदिन आग्रह गरेकी छन् ।

संसदभवनबाट बाहिरिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद न्यौपानेले सिंगो संसदको अभिभावक भइदिन सभामुख घिमिरेलाई आग्रह गरेकी हुन् । उनले सभामुख घिमिरेलाई बधाई दिँदै दलको सिंगो छायाँ सभामुखमा नपरोस् भनेर  सुझाव दिएकी छन्।

‘ निर्वाचनमा सांसद निर्वाचन हुँदै गर्दा कुनै पार्टीको रहन्छ । जब सभामुख निर्वाचित हुन्छ कुनै पार्टीको रहँदैन । सिंगो संसदको नेता हो । सरकारलाई संसदप्रति उतरदायी बनाउने कर्तव्य सभामुखको हो । संसदले पनि सरकारलाई सहयोग गर्ने वातावरणको सिर्जना गर्ने पनि समन्वयकारी भूमिका निभाउनुपर्ने हुन्छ ।,’उनले भनिन्, ‘तर हामीले २०७४ सालमा तितो अनुभव हामीले भोग्यौं । मलाई लागेको थियो म निर्वाचित भएर गए भने त्यो समन्वयकारी भूमिका खेल्न सक्छु । अंकगणितीय खेलले गर्दा मेरो पक्षमा आएन । मैले सभामुख देवराज घिमिरेलाई बधाई पनि दिए । मैले अपेक्षा गरेको दलको सिंगो छायाँ सभामुखमा नपरोस् । कुनै दल विशेषको सभामुख नभइदिनुस् । सिंगो संसदको अभिभावक भइदिनुस् ।मेराे शुभकामना छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर