सभामुखको पदभारपछि घिमिरेले भने- क्रियाशील र मर्यादित संसदका लागि सबैको प्रयत्न आवश्यक – Nepal Press

सभामुखको पदभारपछि घिमिरेले भने- क्रियाशील र मर्यादित संसदका लागि सबैको प्रयत्न आवश्यक

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार सम्हालेका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर घिमिरेले जिम्मेवारी सम्हालेका हुन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथपश्चात उनी लैनचौरस्थित शहीद पार्क पुगेका थिए ।

सर्वोच्च विधायिका संस्थाको प्रयोग नयाँ संविधानपश्चात एक अवधि प्रयोग गर्‍यौं ।

यसलाई अझ बढी व्यवस्थित, क्रियाशील र मर्यादित बनाउने जिम्मेवारी आफूले पाएको भन्दै त्यसका लागि सबैको प्रयत्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर