धरानका मेयर हर्क साम्पाङलाई साम्राज्ञीले दिइन् सयवटा रुद्राक्षको बिरुवा
नेपाल प्रेस
२०७९ माघ ६ गते १४:१०
काठमाडौं । आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’लाई प्रवर्दधन गर्न धरान पुगेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले धरानका नगरप्रमुख हर्क साम्पाङलाई एक सयवटा रुद्राक्षको बिरुवा हस्तान्तरण गरेकी छन् ।
सोही चलचित्रका अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजालसहित उनले सो बिरुवा मेयर साम्पाङलाई प्रदान गरेकी हुन्।
‘ह्यारीकी प्यारी’का निर्देशक कपिल रिजाल चर्चित डा. भोला रिजालका छोरा हुन्। साम्राज्ञी र जितुको मुख्य भूमिका रहेको चलचित्र यहीँ माघ २० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर