कार्यकर्तालाई माधव नेपालको चेतावनी– संघकाे चुनावमा घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ला (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ने चेतावनी दिएका छन्।
नेकपा एस रौतहट काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रौतहटका कार्यकर्तालाई यस्तो चेतावनी दिएका हुन्।
अध्यक्ष नेपालले संघ र प्रदेशकाे चुनावमा घण्टी चुनाव चिन्हलाई भाेट हालेकाहरुले इमान्दारपूर्वक स्कीकार गर्न आग्रह गरे ।
‘सम्पर्क मञ्चका साथीहरु रौतहट जिल्लामा गएर घण्टीलाई भोट दिनुपर्यो भन्नुभयो रे सुन्नमा आएको छ’ , उनले भने ‘हैन कम्रेड मलाई त्यै लागेको हुनाले मैले घण्टीको प्रचार गरेँ, प्रत्यक्षमा त कलममै हालेको थिएँ, समानुपातिकमा घण्टीमा दिउँ लाग्यो मलाई उसको बोलीले मलाई मोहित गर्यो, उसको सम्बोधनले कामको प्रचारले मपनि प्रभावित भएँ भन्नुभयो भने इमान्दार हुनुहुन्छ भन्ने हुन्छ। होइन भने भोलि प्रमाण फेला पर्यो भने गाह्रो पर्ला फेरी।’
काण्डै काण्डका मतियार (माकुने) 😂लाई छिट्टै १- १ रुपैयाँ चन्दा संकलन गरि अविलम्ब राँचीको मानसिक सन्तुलन 🤗सुधार केन्द्रमा पुर्याउनु पर्यो कार्यकर्ता ज्यूहरु ।
कार्यकर्ता तिमीजस्ता भारतीय दलालका रैती हुन् ? तिमीले होईन अब कार्यकर्ताले तिमीलाई पार्टीबाट निकाल्छन् ।हेर्दै जाउ ।