दैलेखकाे चिसापानीमा बँदेललाई थापेको पासोमा चितुवाको मृत्यु – Nepal Press

दैलेखकाे चिसापानीमा बँदेललाई थापेको पासोमा चितुवाको मृत्यु

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका-९ चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवाको मृत्यु भएको छ । बँदेलका लागी थापेको पासोमा परेर घाइते भएको चितुवा उद्दार गरी दैलेख सदरमुकाम ल्याउने क्रममा मृत्यु भएको डिभिजन बन कार्यालय दैलेखले जानकारी दिएको छ ।

डिभिजन बन कार्यालयका निमित्त कार्यालय प्रमुख वेद प्रसाद ढकालले पासोमा परेको चितुवालाई उद्धार गरी दैलेख ल्याउने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए । उनले उद्दारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आएको र उद्दार गरी दैलेख सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताए । उनले भने, ‘मृत्यु भएको चितुवाको पोष्र्टम्यार्टम गरी छाला निकालेर चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी गरिएको छ ।

बर्दिया निकुञ्ज चित्र बहादुर खड्काकाले चितुवाको उद्दारका लागी रातारात टोली दैलेख आएको भए पनि बँदेललाई थापेको पासोमा परेर चितुवाको पछाडिको भाग नचल्ने अवस्थामा उद्दार गरिएको बताए । उनले चितुवा पासोमा परेपछि भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने थियो बजार ल्याउँदै गर्दा मृत्यु भयो ।

स्थानीयले बँदेलको आतकं मच्चाएपछि आफूहरू बाध्य भएर पासो थाप्नु परेको बताएका छन् । दुल्लु नगरपालिका–९ का श्याम योगीले बँदेलको आतक मच्चाएपछि डिभिजन बन कार्यालयलाई खबर गरेका भए पनि कुनै वास्ता नगरेपछि पासो थाप्ने गरेको प्रतिक्रिया दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर