हलचाेकमा एपीएफ दिवस : प्रचण्डले गरे सशस्त्रको मुक्तकण्ठले प्रशंसा (तस्बिरहरु)
काठमाडौं । २२ औं सशस्त्र प्रहरी दिवस-२०७९ का अवसरमा हल्चोकस्थित मुख्यालयमा विशेष कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछानेलगायतको सहभागीतका रहेको थियो । प्रधानमन्त्री प्रचण्डले समारोहमा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल २१ औं वसन्त पार गरी २२ औं वसन्तमा प्रवेश गरेको अवसरमा बलमा कार्यरत सशस्त्र प्रहरीलाई बधाई दिएका छन् ।
मन्तव्यका क्रममा प्रचण्डले सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । ‘राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशसंनीय छ’, उनले भने, ‘मुख्यतः २०६४ सालको निर्वाचनमा नेतृत्वदायी भूमिकाका साथै २०७०, २०७४, २०७९ मा सम्पन्न निर्वाचनहरू शान्तिपूर्ण, निष्पक्ष, भयरहित एवं कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएकोमा बलका सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरूप्रति नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्दछु ।’
त्यस्तै, २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा तपाईहरूले आफ्नो ज्यानको प्रवाह नगरी बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षाका लागि कर्तव्यनिष्ठ भएर काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरीको प्रशंसा गरे । ‘सीमित साधनस्रोत र चुनौतीका बीच पनि सुरक्षा र विपद् व्यवस्थाका क्षेत्रमा क्रियाशीलता र सकारात्मक परिणामको म मुक्तकण्ठले प्रशंसा गर्दछु’, उनले भने ।
तस्बिरहरुः