वामदेवलाई पार्टीमा एकताबद्ध हुन नेकपा एसका अध्यक्ष माधव नेपालको आग्रह
नेपाल प्रेस
२०७९ माघ १० गते १६:४९
काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेका पूर्वउपाध्यक्ष तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमलाई यथाशीघ्र पार्टीमा एकताबद्ध हुन आग्रह गरेका छन् ।
मंगलबार नेकपा एसको कार्यालयमा भएको भेटवार्तामा गौतमलाई पार्टीमा एकताबद्ध हुन नेपालले आग्रह गरेको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बताए ।
गौतमले छिट्टै यसबारे निर्णय गर्ने बताएका छन् । सो अवसरमा दुवै पक्षबीच आफ्ना दस्तावेजहरू आदानप्रदान भएको ज्वालाले बताएका छन् । नेकपा एसले पार्टी एकताका लागि वार्ता टोली बनाएर छलफल गरिरहेको छ ।
यसबीचमा माओवादी केन्द्र र जसपासँग पनि सो पार्टीको छलफल भएको छ ।
प्रतिक्रिया
One thought on “वामदेवलाई पार्टीमा एकताबद्ध हुन नेकपा एसका अध्यक्ष माधव नेपालको आग्रह”
Leave a Reply
सम्बन्धित खवर
लैजाउ लैजाउ । यस्तै पार्टी फुटाउने गद्दारहरूको एउटा झुण्ड बनाउ ।