साना किसान लघुवित्त र आरएमडीसीलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति
नेपाल प्रेस
२०७९ माघ १६ गते १०:५९
काठमाडौँ । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका छन् ।
साना किसान र आरएमडीसीले गत भदौ ३१ गते एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता गरेका थिए । यी दुई लघुवित्तले १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका छन् ।
यो भनेको आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुने गरी स्वाप रेसियो तय गरिएको हो ।
मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर