धनुषामा थुनुवाद्वारा हिरासत कक्ष ब्रेक- ड्युटी अफिसर असई र गार्ड कमाण्डर हवल्दारसहित ३ जना निलम्बित
नेपाल प्रेस
२०७९ माघ १६ गते १८:१६
काठमाडौं । धनुषामा आइतबार राति हिरासत कक्ष ब्रेक गरेर थुनुवा भागेको घटनामा तीन जना प्रहरी निलम्बित भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयले ड्युटी अफिसर रहेका असईसहित तीन जनालाई निलम्बन गरेको हो । निलम्बन हुने अन्यमा गार्ड कमाण्डर रहेका हवल्दार र हिरासत कक्षको सुरक्षामा बसेका एक जना सिपाही छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा हिरासत कक्षको पर्खालमा दुलो पारेर ६ जना थुनुवा भागेका थिए ।
मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी र धनुषा प्रहरी कार्यालयले डीएसपीको कमान्डमा छुट्टाछुट्टै छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर