देशैभर यातायात ठप्प पार्ने चेतावनी दिएका मजदुर नेताहरूले गराए अर्थमन्त्री पौडेलको ध्यानाकर्षण
काठमाडौं । आफ्ना माग १५ दिनभित्र पूरा नभए यातायात ठप्प पार्ने चेतावनी दिएका मजदुर संघ संगठनहरुले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको ध्यानकर्षण गराएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईको टोलीले आज अर्थमन्त्री पौडेलसँग मन्त्रालयमा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा उनीहरुले तीन बुँदे माग अघि सारेका छन् । जसमा मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानम नारायणकाजी श्रेष्ठलाई बुझाइएको १० बुँदे मागको कार्यान्वयनको माग राखेका छन् । माग पूरा नभए आन्दोलन गर्ने तथा यातायात ठप्प हुँदा एकै दिनमा अर्बौं घाटा हुने भन्दै सरकारलाई सडकको रोदन सुन्नु पर्ने संगठनले आग्रह गरेको संगठनका अध्यक्ष राईले जानकारी दिए ।
याे पनि पढ्नुस्: सरकारलाई यातायात मजदुरको १५ दिने अल्टिमेटम- माग पूरा नभए सबै सेवा ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी