विघटनको संघारमा विद्यार्थी राजनीति – Nepal Press
विचार

विघटनको संघारमा विद्यार्थी राजनीति

नेपालमा विगतमा भएका राजनीतिक परिवर्तन, सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी आन्दोलनको अहम् भूमिका छ । २००४ सालको ‘जयतु संस्कृतम्’ नेपालको विद्यार्थी आन्दोलनको प्रस्थान विन्दू हो । जसको जगमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सँगसँगै नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनको स्थापना भयो । यस संगठनले २००७ सालमा गरिएको दिल्ली सम्झौताको व्यापक विरोध गरेको थियो । २०२२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्थापना भएको हो । विद्यार्थी राजनीति र त्यसको जीवन्त अभ्यास गर्ने स्वतन्त्र विद्यार्थी युनियन अहिले मृत प्रायः छ ।

विश्वविद्यालय र उच्च शिक्षालयमा पढ्ने विद्यार्थीहरु नै हाम्रो समाजको सबैभन्दा सचेत र क्रियाशील समूह हो । उनीहरुले त्यहाँ फगत कोरा किताबी ज्ञानमात्र हासिल गर्दैनन् विचार र चेतनाको उज्यालो क्षितिज देखाउने थलो हुन् विश्वविद्यालयहरु । जहाँ विद्यार्थीहरु देशका विभिन्न स्थानबाट एकै ठाउँमा जमघट भएर अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्दछन् । विद्यालय तहको साँघुरो घेराभन्दा बाहिर निस्केर स्वतन्त्र र स्वस्फुर्त रुपमा विचार आदानप्रदान गर्छन् ।

प्रख्यात जर्मन कवि/नाट्यकार बर्तोल्त ब्रेख्त (सन् १८९८-१९५०) भन्छन्- राजनीतिक निरन्तरता सबैभन्दा खराब निरन्तरता हो । राजनीतिबारे सामान्य बुझाइ पनि नहुने ब्यक्तिले केही पनि सुन्न सक्दैन, राजनीतिमा भाग लिन सक्दैन । अझ भनौं उसलाई दैनिक जीवन निर्वाह कसरी हुन्छ भन्ने पनि यकिन हुँदैन । दैनिक उपभोगका वस्तुहरु जस्तै दाल, चामल, औषधि आदि सबैको मूल्य राजनीतिक निर्णयमा भर पर्दछ भन्ने सामान्य ज्ञान पनि हुँदैन । राजनीतिप्रति तटस्थ बस्नु वा घृणा गर्नुलाई ऊ गौरव ठान्छ । राजनीतिक अज्ञानतालाई ऊ कमजोरीको रुपमा लिँदैन । आम नागरिकले राजनीतिमा चासो नदिँदा/जागरुक नहुँदा न हो भ्रष्ट अधिकारीहरु जन्मिने । शोषक/अराजक बहुराष्ट्रिय कम्पनीहरुको बोलवाला हुने ।

क्याम्पस, कलेज र विश्वविद्यालयमा अध्ययन गरिरहेका युवा विद्यार्थीमा यसप्रति कुनै चासो र सरोकार भए जस्तो देखिँदैन । विद्यार्थी युनियन भनेको विद्यार्थीहरुको समूह हो । विद्यार्थी पाठ्यक्रममा मात्र सीमित भयो भने उसले राज्य, राज्यसत्ता, समाज, राजनीति तथा समाजका विविध क्षेत्रलाई बुझ्न पनि सक्दैन ।

हुन त नेपालमा १५ वटा विभिन्न प्रकृतिका विश्वविद्यालय सञ्चालनमा छन् । तर, स्ववियु निर्वाचन भन्नासाथ त्रिविका ६२ आंगिक क्याम्पस र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने निर्वाचन भनेर बुझ्ने गरिन्छ । लामो समयदेखि स्ववियु चुनाव अवरुद्ध भैरहेकाले अभैm पनि निर्धारित मितिमा चुनाव हुन्न कि भन्ने संशय छ । पछिल्लो पटक २०७३ सालमा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । विगतमा पटक–पटक मिति घोषणा भएर स्थगित भैरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी चैत ५ गते गर्ने भनेर त्रिविले मितिसमेत तोकेको छ । विद्यार्थी संगठनहरु प्नि आन्तरिक तयारीमा जुटेका छन् । स्ववियु चुनावमा उमेरको हदबन्दी (२८ वर्ष) र मिश्रित निर्वाचन प्रणाली लागू हुनेछ । क्याम्पस, कलेज र विश्वविद्यालयमा अध्ययन गरिरहेका युवा विद्यार्थीमा यसप्रति कुनै चासो र सरोकार भए जस्तो देखिँदैन । विद्यार्थी युनियन भनेको विद्यार्थीहरुको समूह हो । विद्यार्थी पाठ्यक्रममा मात्र सीमित भयो भने उसले राज्य, राज्यसत्ता, समाज, राजनीति तथा समाजका विविध क्षेत्रलाई बुझ्न पनि सक्दैन ।

विद्यार्थी र राजनीतिबारे समाजमा सकारात्मक दृष्टिकोण पाइँदैन । एकथरि मान्छन् विद्यार्थीहरुको काम पढ्नेमात्र हो । विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइनन् । जसोतसो उच्च शिक्षाको डिग्री हासिल गरी फटाफट वृत्ति (करियर) विकासतर्फ  मात्र लाग्नुपर्छ वा विदेश पलायन हुनुपर्दछ भन्ने मान्यता स्थापित हुँदै गएको छ । वास्तवमा राजनीति गर्ने कुरा त्यति सहज होइन । मुलुकको भविष्यसँग जोडिएको हुनाले राजनीति महान कार्य हो । राजनीतिबाट सिंगो राज्य व्यवस्था परिचालित हुने भएको हुँदा विद्यार्थीले राजनीति गर्नुहुन्न भन्ने भ्रम रहनु हुँदैन अब । अस्थिर राजनीति र त्यसको नकारात्मक प्रभावले सिर्जना गरेको बेथिति, बेरोजगारी आदिले गर्दा यतिवेला लाखौं विद्यार्थीले बैदेशिक अध्ययन रोजिरहेका छन् । स्नातक र स्नातकोत्तर तहमा यसपटक भर्ना हुने विद्यार्थीको चापमा करिब पचास प्रतिशतले गिरावट आएको समाचार र तथ्यांक बाहिर आइरहेका छन् । विद्यार्थी संगठन/राजनीति औचित्यहीन जस्तो भएको छ । विद्यार्थी आन्दोलन असफल, दिशाहीन र विघटनतर्फ उन्मुख भैरहेको छ । विद्यार्थी नेतृत्व र संगठनमा विचारको खडेरी छ ।

विद्यार्थी र राजनीतिबारे समाजमा सकारात्मक दृष्टिकोण पाइँदैन । एकथरि मान्छन् विद्यार्थीहरुको काम पढ्नेमात्र हो । विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइनन् । जसोतसो उच्च शिक्षाको डिग्री हासिल गरी फटाफट वृत्ति (करियर) विकासतर्पm मात्र लाग्नुपर्छ वा विदेश पलायन हुनुपर्दछ भन्ने मान्यता स्थापित हुँदै गएको छ ।

राजनीति नीतिहरुको पनि नीति हो । समाजको ऐना हो । जस्तो समाज छ, त्यसकै प्रतिविम्ब प्रदर्शित हुन्छ राजनीतिमा । यो कुटिल खेल होइन । सचेत ज्ञानी वर्गले यसरी सोच्नुपर्छ । सात दशक लामो उतारचढावपूर्ण प्रजातान्त्रिक आन्दोलनबाट गुज्रेर अहिले हामी संघीय, लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थामा आइपुगेका छौं । राजनीति अहिले कुलिन, धनाढ्य र राजा-महाराजाहरुको हातबाट भूईं तहका नागरिकसम्म आइसकेको छ । समकालीन राजनीतिमा क्रियाशील खास गरेर दोस्रो तहका नेताहरुमध्ये विद्यार्थी राजनीतिबाट खारिएर आएकाहरुले छुट्टै पहिचान स्थापित गर्न सकेका छन् । रुपमा यदाकदा त्यस्तो देखिए पनि राजनीति फोहोरी व्यक्तिहरुले खेल्ने फोहोरी खेल होइन सारमा । यसैबाट देश र जनताको भाग्य र भविष्य निर्धारण हुन्छ । विद्यार्थी आन्दोलन, अभियान या राजनीति जे भने पनि यो रचनात्मक र सिर्जनात्मक हुनुपर्दछ । राजनीतिक पार्टीहरुका भ्रातृ संगठनको रुपमा आदेशपालक वा आज्ञाकारी आदेशपालक चेलाचपेटामात्र बन्दा यसको औचित्य नै नभए जस्तोे देखिन्छ । समाजका हरेक क्षेत्रमा देखिने गञ्जागोलप्रति सचेत हुँदै आन्दोलित हुनुपर्दछ । निजीकरण, व्यापारीकरण र माफियाकरणको डरलाग्दो जालो तोड्न अब फेरि विद्यार्थी आन्दोलन बलशाली र प्रभावशाली भएर आउनुपर्छ । शिक्षामा समानता, व्यवहारिकता र व्यवसायिकताको खाँचो टड्कारो छ यतिवेला ।

शिक्षालयहरु र विद्यार्थीहरु रहुञ्जेल विद्यार्थी आन्दोलनको सान्दर्भिकता रहिरहन्छ । खास गरेर विद्यार्थीहरुले आफ्नो सरोकारका शैक्षिक क्षेत्रका समस्या समाधानतर्फ आन्दोलन केन्द्रित गर्नुपर्दछ । शिक्षा, स्वास्थ्य र रोजगार मौलिक हकका रुपमा संविधानमा लिपिबद्ध हुनुमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका छ । संविधानमा लेखिएका कुरालाई अबको विद्यार्थी आन्दोलनले कार्यान्वयन गराउन चनाखो हुनुपर्दछ ।  राष्ट्रियता र जनजीविकाका पक्षमा भरपर्दो पहरेदार बन्नुपर्छ । व्यवस्था परिवर्तन गर्नुमात्रै आन्दोलन होइन । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै स्थापित गर्न सकियो भनेमात्र समृद्धि र सुख प्राप्त हुन्छ ।

राजनीतिबाट सिंगो राज्य व्यवस्था परिचालित हुने भएको हुँदा विद्यार्थीले राजनीति गर्नुहुन्न भन्ने भ्रम रहनु हुँदैन अब । अस्थिर राजनीति र त्यसको नकारात्मक प्रभावले सिर्जना गरेको बेथिति, बेरोजगारी आदिले गर्दा यतिवेला लाखौं विद्यार्थीले बैदेशिक अध्ययन रोजिरहेका छन् ।

स्ववियुलाई विद्यार्थी हकहित र शैक्षिक रुपान्तरणको दरिलो प्लेटफर्म बनाइनुपर्छ । भूईं तहमा गरिने प्रजातान्त्रिक अभ्यास गर्ने थलो हुनुपर्दछ । २०६५ सालपछि स्ववियु निर्वाचन पटक-पटक घोषणासँगै स्थगित हुँदै आएको छ । यसप्रति स्वयं विद्यार्थी सचेत भएर आउनुपर्दछ । जसरी खेल खेल्ने मैदानको अभावमा कुशल खेलाडी जन्मिन सक्दैन । त्यसैगरी विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीहरुले राजनीतिक अभ्यास गर्न पाएनन् भने कसरी राजनीतिक खेलाडी/नेता जन्माउन सकिन्छ र ? डाक्टर, इञ्जिनियर, व्यवस्थापकलगायतका दक्ष जनशक्ति त आउटसोर्सिङ गरेर वा करारमा पनि व्यवस्था गर्न सकिन्छ ।

तर, प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति त्यसरी व्यवस्थापन गरेर हुन्न । आम रुपमा सबैले भन्ने गरिन्छ, देशले सबै चीज पाएको छ । तर, गतिलो नेता पाएन । विश्व इतिहासलाई हेर्दा एउटै असल नेताले देशलाई कायापलट गरेका अनगिन्ती उदाहरण पाइन्छ । असल चालकले नै गाडीलाई सकुशल गन्तव्यमा पुर्‍याउन सक्छ । नभए दुर्घटना हुनसक्छ । देशको राजनीतिको चालक नेता हुन् । असल नेता जन्माउने राजनीतिक संस्कार, विचार, दर्शन र संस्कार सिक्ने सिकाउने साझा मञ्च हो स्ववियु । त्यसैले यसलाई क्रियाशील बनाइनुपर्दछ ।

विद्यार्थी अभियान/क्रियाशीलता अथवा क्याम्पस गतिविधिहरु खास गरेर राजनीतिक, वातावरणीय, आर्थिक अथवा सामाजिक परिवर्तनका लागि विद्यार्थीहरुद्वारा गरिने कार्यहरु हुन् । खास गरेर विद्यालय, पाठ्यक्रम र शिक्षामा गरिने लगानी जस्ता विषयमा केन्द्रित विद्यार्थी (समूह) आन्दोलन (राजनीति) ले ठूल्ठूला राजनीतिक घटनाहरुलाई प्रभावित गरेको पाइन्छ । विश्वविद्यालय तहको विद्यार्थी राजनीतिको इतिहास विश्वविद्यालय जत्तिकै पुरानो छ । यद्यपि निर्वाचनका दौरानमा शैक्षिक वातावरण खल्बलिनु हुन्न । पठनपाठनमा अवरोध आउनु हुन्न ।

समाजका हरेक क्षेत्रमा देखिने गञ्जागोलप्रति सचेत हुँदै आन्दोलित हुनुपर्दछ । निजीकरण, व्यापारीकरण र माफियाकरणको डरलाग्दो जालो तोड्न अब फेरि विद्यार्थी आन्दोलन बलशाली र प्रभावशाली भएर आउनुपर्छ ।

विगतमा जस्तो आगजनी, बम विष्फोट गरेर आतंक सिर्जना नहोस् भन्नेतर्फ सचेत युवा विद्यार्थी चनाखो हुनुपर्दछ । कतिपय क्याम्पसमा अझै पनि वर्षौंदेखि तालाबन्दी गरिएको छ । सरोकारवालाले सहज शैक्षिक वातावरण निर्माण गर्ने पहलकदमी लिनुपर्दछ । असल प्रजातान्त्रिक अभ्यास गर्ने संस्कार बसाल्नु पर्छ । विद्यार्थी राजनीति प्राज्ञिक वातावरण प्रवर्द्धन गर्नमा केन्द्रित हुनुपर्दछ । पार्टीहरुका जनवर्गीय संगठन भए तापनि उनीहरु दलगत राजनीतिको साँघुरो घेराबाट बाहिर आएर विश्वविद्यालय शिक्षा सुधारमा ठोस पहल गर्नुपर्दछ ।

राजनीति सबैले सक्रिय रुपमा गर्नैपर्छ भन्ने होइन । तर, यसलाई हरेक नागरिकले नजिकबाट बुझ्नुपर्दछ । जुन नीतिले आफूलाई शासन गर्छ, त्यसका बारेमा अनभिज्ञ हुनु भनेको आफैंले आफूलाई निरीह बनाउनु हो । आम निर्वाचनको वेला सही पार्टी र असल नेता छनोट गर्न राजनीतिक विवेक चाहिन्छ । नभए भेंडाको नियति हुन्छ । हामीले दिने भोट धम्की, डर र पैसामा साटिनु हुँदैन । त्यसो नहुन विवेक र चेतना चाहिन्छ । त्यो विवेक र चेतनाको निर्माण भविष्यका कर्णधार भनिने युवा विद्यार्थीलाई प्रदान गर्ने अवसर हो स्ववियु चुनाव । परम्परागत ढर्राको स्ववियु होइन अब सबैखाले राजनीतिक वाद/विचारमा आवद्ध विद्यार्थी र संगठनको साझा मञ्चका रुपमा रुपान्तरण गरी आम विद्यार्थी वर्गको हक, अधिकारको पैरवी गर्ने मञ्चका रुपमा स्थापित गर्नुपर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *