नेकपा एस- राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन
नेपाल प्रेस
२०७९ माघ २१ गते १७:२०
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण गरेको छ ।
शनिवार र आइतबार समूहगत छलफलका निष्कर्षहरु बैठकमा प्रस्तुत हुनेछन् ।
समूहका टोलि नेताहरू अशेष घिमिरे, कृष्णकुमारी बिश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही र पूर्णा जोशी रहेका छन् ।
यस्तै मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डे र हस्त शाही नेतृत्व समूह निर्माण भएको छ ।
शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर