बागमती प्रदेशसभा: १६ सदस्यीय कार्य व्यवस्था समिति गठन – Nepal Press

बागमती प्रदेशसभा: १६ सदस्यीय कार्य व्यवस्था समिति गठन

हेटौंडा । बागमती प्रदेशसभाले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सभामुख भुवनकुमार पाठकको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा उपसभामुख अप्सरा चापागाईं र प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठ प्रदेश सदस्य रहेका छन् ।

समितिका अन्य सदस्यहरूमा एमालेबाट आनन्दकुमार श्रेष्ठ, मधुसुदन पौडेल र भारती पाठक, माओवादी केन्द्रबाट रत्न ढकाल र राधिका तामाङ, कांग्रेसबाट छिरिङ दोर्जे लामा, कुन्दनराज काफ्ले, रामकृष्ण चित्रकार र हरि प्रभा खड्गी रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीबाट ओमकुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोसाईं सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर