माछापुच्छ्रे र सानिमासहित ९ बैंकका सीईओ तथा सञ्चालकलाई राष्ट्र बैंकले गर्यो कारबाही
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/01/Nepal_Rastra_Bank_New_Building.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ ।
माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको । सानिमाले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराइको छ ।
यता सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लंघन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रूपैयाँका दरले जरिबाना गरेको राष्ट्र बैंकले जनाएको छ ।
केही बैंक भने कारबाहीमा दोहोरिएका छन् । केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियमविपरीत पुन: प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।
यस्तै नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ ।