रविले तथ्यसहित लेख भन्दा असुरक्षित हुने कति कमजोर प्रेस ? – Nepal Press

रविले तथ्यसहित लेख भन्दा असुरक्षित हुने कति कमजोर प्रेस ?

रविको नागरिकता प्रकरण मुद्दा-मामिलामा गएपछिको कुनै दिन नजिकका एक भाइले आफ्नो न्यूजरुम बैठक सुनाए । ती भाइ चल्तीकै भनिएको टीभीमा रिपोर्टिङ गर्छन् ।

त्यस दिन सम्पादकबाट न्यूजरुम मिटिङमा हुकुम भएछ-‘आज रविलाई बजाइदिऊँ, ठोक्दिऊँ । धेरै फुरफुर गर्‍यो ।’

बजाउने र ठोक्ने तथ्य चाहिँ के हो भनेर सम्पादकले भनेनछन् । र, खोज्न पनि अह्राएनछन् । अचेल प्रायः सम्पादकहरु तथ्य खोज्नुपर्छ र सत्य केलाउनुपर्छ भन्ने ठान्दैनन् । तिनलाई जे लाग्छ, त्यो समाचारको शीर्षक बन्छ । बिहानै हेडलाइन फुराएर बल्ल रिपोर्टिङमा खटाउँछन् सम्पादकहरु ।

साँझ त्यस टीभीले रवि र नागरिकता शीर्षकमा रविलाई एकोहोरो गाली गरेर समाचार प्रसारण गरेछ । फेसबुकमा अपलोड गरिएको त्यो समाचारमा दर्शकले नै सयौं कमेन्ट गरेर रिपोर्टर, सम्पादक र सञ्चारमाध्यमलाई नंग्याएका छन् ।

अचेल पाठक, दर्शक र स्रोता समाचारसँगै सम्पादकको ‘न्यूज एंगल’ र सम्बन्धित सञ्चारमाध्यमको ‘नियत’ पनि बुझ्छन् । योक्रम बढ्दै जाँदा भड्किएको पत्रकारिताले कुनै दिन फेरि लय समाउँला नै ।

अर्का एक दैनिकका पत्रकारले गुनासो गरे- ‘सम्पादक रवि-रविमात्रै भन्छन् । नयाँ तथ्य केही छैन, गालीमात्रै कति लेख्नु ।’

जसप्रतिको भडाँस रविले पत्रकार सम्मेलनमार्फत पोखे । जति नै आक्रोशित भए पनि एउटा पार्टीको अध्यक्ष र पूर्वमन्त्रीको अभिव्यक्ति त्यो हदसम्म झर्नु हुँदैनथ्यो । सामाजिक, राजनीतिक र कानूनी रुपमा पनि आफ्ना अभिव्यक्तिको जिम्मा रविले नै लिने हो, लेलान् ।

यत्रो महाभारतपछि म सोच्छु, पत्रकारिताले रविबारे नयाँ तथ्य चाहिँ के दियो ?केही दिएन । घटनाक्रममा फूलबुट्टा भर्‍यो । र, रविलाई एकहोरो सराप्योमात्रै ।रविबारे मूलधारका भनिने प्रायः सबै सञ्चारमाध्यमले समाचार भनेर गफमात्रै दिए ।

चार वर्षअघि रवि स्वयंले स्वीकार गरेको कुरालाई ‘मनोवाद’ बनाएर न्यूज भन्दै पस्किए । रविले नागरिकतामा प्रक्रियागत र राहदानीको हकमा फौजदारी अपराध प्रमाणित हुने खालको गल्ती गरेकै हुन् ।

जसको सजाय उनले भोगेका छन् । र, थप भोग्लान् पनि । प्रहरीको अनुसन्धान हुँदै कानूनी निरुपणको प्रक्रियामा गएको विषयबारे धेरै चर्चा आवश्यक छैन ।

०००

संसारमा केही र कोही पनि स्वतन्त्र र निष्पक्ष हुन्न। पत्रकारिता झन् हुनै सक्दैन । पत्रकारिता हुनुपर्ने सन्तुलित चाहिँ हो । तर, सन्तुलनको धर्म पनि बिर्सिसक्यो । चार वर्षअघि रवि स्वयंले आफ्नो नागरिकता र पासपोर्टबारे दिएको जानकारीलाई पत्रकारले ‘एक्सक्लुसिभ’ सूचना जसरी एकतर्फी रुपमा पस्के । आरोप लाग्ने वा खेप्ने पक्षको भनाइ वा धारणालाई पनि न्यूजमा स्थान दिनुपर्छ भन्ने पत्रकारिताको सामान्य सिद्धान्तसमेत ख्याल गरेनन् पत्रकारले ।

जसप्रतिको भडाँस रविले पत्रकार सम्मेलनमार्फत पोखे । जति नै आक्रोशित भए पनि एउटा पार्टीको अध्यक्ष र पूर्वमन्त्रीको अभिव्यक्ति त्यो हदसम्म झर्नु हुँदैनथ्यो । सामाजिक, राजनीतिक र कानूनी रुपमा पनि आफ्ना अभिव्यक्तिको जिम्मा रविले नै लिने हो, लेलान् ।

एउटा नागरिकका रुपमा मेरो मुख्य चिन्ता हो- ‘आक्रोशमा मान्छेले जे पनि बोल्छ’ भनेर रविले औंल्याएका विषयमा पत्रकारिता मौन बस्छ कि भन्ने । पत्रकारिता क्षेत्रले रविको अभिव्यक्तिलाई आरोप वा लान्छनामात्रै ठानेर जवाफ नदिने सम्भावना बढी छ । किनकि यो क्षेत्र आफूमाथि प्रश्न उठाएको मन पराउँदैन । प्रश्न गर्नेले जवाफ दिनुपर्छ भन्ने ठान्दैन ।

केही कथित वरिष्ठ पत्रकारले ‘हामीले लडेर ल्याइदिएको लोकतन्त्रमा रविहरुले यत्तिको बोल्न पाएकै छन्’ भनेर पत्रकारिता क्षेत्रलाई नै बहस र प्रश्नबाट भगाउने संकेत गरिसकेका छन् ।

साहस भन्नुस्, दुःसाहस भन्नुस् वा आक्रोश, रविले गम्भीर बहस हुनुपर्ने विषय उठाएका छन् । हिजोसम्म कसैले डराएर, कसैले तर्सिएर वा कसैले सिध्याउँछ भनेर पत्रकारिताप्रति यसरी प्रश्न उठाएनन् होला । आज उठेको छ । र, त्यसले खोजेको छ बहससँगै उत्तर ।

रविविरुद्ध केही अनुच्छेद सम्पादकीय लेखेर वा केही थान विज्ञप्ति जारी गरेर हुनुपर्ने बहस रोक्ने प्रयास सुरु भइसकेको छ । केही कथित वरिष्ठ पत्रकारले ‘हामीले लडेर ल्याइदिएको लोकतन्त्रमा रविहरुले यत्तिको बोल्न पाएकै छन्’ भनेर पत्रकारिता क्षेत्रलाई नै बहस र प्रश्नबाट भगाउने संकेत गरिसकेका छन् ।

रवि नागरिकताको मुद्दामा गलत प्रमाणित भइसके । राहदानीबारे पनि न्यायिक निरुपण हुन्छ नै । अर्थात आफ्नै कर्मका लागि रविले सजाय भोगिसके । तर, आइतबारको पत्रकार सम्मेलनपछि रविलाई झन गलत प्रमाणित गर्न ज्यान फाल्नेवाला छन् केही सञ्चारमाध्यम । मरेको बाघको जुँगा उखेल्नुमा गौरव गर्ने उनीहरु आफ्नो अनुहार चाहिँ ऐनामा हेर्न तयार छैनन् । हेरिहाले पनि ऐना पुस्छन्, अनुहार सफा गर्दैनन् ।

रवि प्रकरणले राज्यका निकाय कतिसम्म नकचरा रहेछन् भन्ने देखायो । एउटा व्यक्तिले तिनलाई कतिसम्म पंगु बनाउँदो रहेछ भन्ने पनि प्रस्ट पा¥यो । अमेरिकी पासपोर्ट बोकेर आएको व्यक्तिले नेपाली पासपोर्ट बनाउँदा, पुरानै नागरिकताले कम्पनी खोल्दा, व्यापार-व्यवसाय गर्दा, मतदाता नामावलीमा नाम लेखाउँदा, पार्टी दर्ता गर्दा र उम्मेदवार हुँदासम्म राज्यका निकायले पत्तै पाउँदैनन् भने भन्नुस्, यो देशमा राज्य त छ ?

नागरिकता वा राहदानीबारे रविलाई एकाहोरो सराप्नुले क्षणिक सन्तुष्टि त मिल्ला । तर, राज्यको नकचरोपन किमार्थ छोपिन्न । पत्रकारिताले रविको थप उछितो काढ्ला कि राज्यका निकायमा परेको भ्वाङ पनि देखाइदेला ? राज्य यतिसम्म कमजोर भएकाबारे कतिले लेख्लान् सम्पादकीय र विचार ?

रविको केसलाई प्रस्थानविन्दू मानेर नेपाली सञ्चारमाध्यमले के विदेशी पासपोर्टमा नेपाल आएका ‘नेपाली’बारे तथ्य खोज्लान् ? तिनले प्रयोग गरिरहेको पुरानै नागरिकताबारे न्यूज बनाउलान् ? तिनको सम्पत्तिको वैधताबारे प्रश्न उठाउलान् ?

उठाउन्नन् । पत्रकारिता सन्तुलित छ भनेर थप प्रमाणित गर्न पनि सञ्चारमाध्यमले मेहनत गर्नुपर्ने भएको छ । हामी व्यक्ति होइन मुद्दा प्रधान हौं भनेर स्थापित गर्न पनि सम्पादकहरु थप खारिनु जरुरी छ ।

अमेरिकी पासपोर्ट बोकेर आएको व्यक्तिले नेपाली पासपोर्ट बनाउँदा, पुरानै नागरिकताले कम्पनी खोल्दा, व्यापार-व्यवसाय गर्दा, मतदाता नामावलीमा नाम लेखाउँदा, पार्टी दर्ता गर्दा र उम्मेदवार हुँदासम्म राज्यका निकायले पत्तै पाउँदैनन् भने भन्नुस्, यो देशमा राज्य त छ ?

हाम्रा सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता छैन र सम्पादकहरु मालिकका ‘पपेड’ ह्न् भन्ने तथ्य सोमबारै प्रमाणित भयो । रविको उछितो काढ्न पाँचवटा सामग्री पस्किएको एउटा राष्ट्रिय दैनिक रविले तिनकै सञ्चालकविरुद्ध लगाएको आरोपबारे मौन रह्यो । हाम्रै प्रकाशकलाई पनि यी यी आरोप लगाइयो भनेरसमेत लेखेन । सूचना प्रवाहमा ‘कार्टेलिङ’ गर्‍यो । सम्पादक स्वतन्त्र हुन्थ्यो त उनले रविले लगाएका आरोपबारे आफ्नै साहुजीलाई प्रश्न गर्थ्यो । र, उत्तर छाप्थ्यो । साहुजीकै बुख्याँचा बनेको सम्पादकले नारा चाहिँ लगाउँछ- प्रेस स्वतन्त्रताको !

रविले गृह मन्त्रालय छोडेपछि सञ्चारमाध्यमले एकोहोरो फेरि गृहमै फर्किन लाग्यो भनेर ठुंगिरहे । जबकि प्रधानमन्त्री र रविले यसबारे बोलेकै थिएनन् । रवि स्वयंले भनेका छन्, ‘गृहमन्त्रीमा व्यक्तिगत निरन्तरता होइन, मन्त्रालय चाहिन्छ भनेका हौं ।’ सामान्य नागरिकले समेत लेखे÷सुनेकै कुरालाई पनि स्वार्थअनुसार बंग्याइदिन्छन् सञ्चारमाध्यम ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा निरन्तर दाबी गरिरहँदा पनि कुनै सञ्चारमाध्यमले पूर्वसहमति पालना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएनन् । रविलाई नदिनु ठीकै हो । तर, सरकार गठन हुँदाको सहमतिमा इमानदार हुनुपर्दैन ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेनन् । पत्रकारिता सन्तुलित हुन्थ्यो, ‘नियत’विहीन हुन्थ्यो वा कथित सम्पादक बधुँवा मजदुर जस्ता हुँदैनथे भने तिनले प्रधानमन्त्रीको बेइमानीबारे पनि लेख्थे नि, होइन ?

‘प्रधानमन्त्रीज्यू, रविलाई गृह मन्त्रालय होइन, रास्वपालाई गृह मन्त्रालयमा निरन्तरता दिनू’ भनेर कसैले सम्पादकीय लेख्यो ?

लेखेन । किनकि त्यसरी लेख्दा रवि वा उनको पार्टीको आवाज जनस्तरमा पुग्थ्यो । सम्पादकहरुले एकतर्फी पत्रकारिता गर्छन् भन्ने आरोपको तथ्य पनि हो रवि प्रकरण ।

०००

रविले पत्रकार सम्मेलनमा धेरै कुरा आवेशमा बोले । प्रमाणित गर्न गाह्रो हुने आरोप लगाए । तर पनि जनता उनकै वाहवाही किन गरिरहेका छन् ? किनकि जनता मिडियाको ‘सिण्डिकेट’, सञ्चालकको ‘अर्थमोह’ र सम्पादकको ‘नियत’ राम्रैसँग बुझ्ने भइसके ।

मिडियाको रुझान, स्वार्थ, कमाइको स्रोत आदिबारे जान्ने-बुझ्ने जमात बढ्नु यो क्षेत्रको शुद्धीकरण र सुदृढीकरणका लागि राम्रो हो । सञ्चारमाध्यमले पत्रकारिताको यो शैली सच्याएनन् भने सन्निकट दिनमा जनता (दर्शक, स्रोता र पाठक) नै विद्रोहमा होमिनेछन् ।

रविले त विश्वसनीयता गुमाउँदै गएको, धर्म छोड्दै गएको तथा साहुजी र सम्पादकको बन्धक बन्दै गएको सञ्चारमाध्यमको प्रवृत्तिको थोरै लगौंटीमात्रै खोलिदिएका हुन् । आफैंले प्रकाशन÷प्रशारण गरेका सामग्रीमा जनताले गरेको टिप्पणी (कमेन्ट)मात्रै पढे भने पनि लगौंटी किन र कसरी खुस्किँदै गयो भन्ने जानकारी सञ्चारमाध्यमले पाउँछन् । तर, मैमत्त साँढे झैं बौलाएको यो क्षेत्र अझै आत्मसमीक्षाका लागि तयार छैन ।

साहुजी र सम्पादकको थिचोमिचोमा परेका धेरै पत्रकारलाई रविको अभिव्यक्ति ठीकै लागेको छ । जागिरको जोहोका कारण अधिकांश मौन रहेकामात्रै हुन् । साहुजीको धन्धा र सम्पादकको हर्कत बुझेको केहीले सामाजिक सञ्जालमा घुमाएरै भए पनि रविको समर्थन गरेका छन् । र, पत्रकारिता जगतलाई रविका एक-एक प्रश्नको उत्तर दिन दबाब बढाइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा निरन्तर दाबी गरिरहँदा पनि कुनै सञ्चारमाध्यमले पूर्वसहमति पालना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएनन् । रविलाई नदिनु ठीकै हो । तर, सरकार गठन हुँदाको सहमतिमा इमानदार हुनुपर्दैन ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेनन् ।

उदाउँदै गरेको पार्टीको नेतृत्वमा हुँदाहुँदै रविले पत्रकारिताविरुद्ध किन जेहाद छेडे ? किनकि हिजो दुनियाँले पत्रकार नमाने पनि पत्रकारिताको प्रवृत्तिबारे उनी भलीभाँती जानकार छन् । यो देशको पत्रकारिताले विगतमा आफूले पनि गरे झैं ‘बोक्ने’ र ‘ठोक्ने’बाहेक काम गर्दैन भन्नेमा उनी निश्चिन्त थिए । र, आफ्नो सर्वस्व गुमेपछिको पत्रकार सम्मेलनमा उनले वेद नपढी सञ्चारमाध्यममाथि नै प्रश्न उठाएर के बिराए ? अब, प्रश्न उठेकाले जवाफ देऔं ।

पछिल्लो समय मूलधार भनिएको पत्रकारिताले अवैध कमाउ धन्धाभन्दा अर्काे बाटो रोजन । जनतालाई सूचना दिने माध्यम बिचौलिया बनेर शक्तिको पूजा गरिरह्यो । तथ्य र तर्कविना कुत्सित मनसायले मन नपरेको मान्छेलाई खेदिरह्यो । पत्रकारले पत्रकारिताको धर्म बिर्सियो । र, मालिकको स्वार्थ पोसिरह्यो । स्रोतको हवाला दिएर ‘मनोवाद’ लेखिरह्यो । मान्छेलाई डामिरह्यो ।

यस्तै हुन्छ पत्रकारिता ?

नेपालमा सञ्चारमाध्यममार्फत नै अचम्मको भाष्य स्थापित गराउने प्रयास भइरहेको छ । पहिलो- अदालतको कुनै फैसलाउपर टिप्पणी गर्दा अदालतको अवहेलना हुने । र, दोस्रो- सञ्चारमाध्यममाथि प्रश्न गर्दा प्रेस स्वतन्त्रताविरुद्ध हुने ।

हामीले अदालत र प्रेसमाथि प्रश्नै गर्न नहुने र गर्दा चौतर्फी हमला हुने कस्तो गणतन्त्र ल्याएका हौं ।

के पत्रकारिताबारे कसैलाई प्रश्न उठाउने हक छैन ? पत्रकारिता प्रश्नभन्दा माथि हो ? पत्रकार हुनु भनेको मान्छेको सामाजिक प्रतिष्ठामाथि नै तरवार चलाउने लाइसेन्स पाउनु हो ? पत्रकारिता वस्तुगत, तथ्यपरक र सन्तुलित हुनुपर्दैन ? सीसाको घरमा बसेर ढुंगा हान्दा कुनै दिन आफैंमाथि पनि बर्सिन्छ भनेर ख्याल गर्दैन यो क्षेत्रले ? रविले सीसाको घरमा ढुंगा प्रहारको सुरुवात गरेका हुन्, यो क्रम जरुर बढ्नेछ ।

रविले पत्रकार सम्मेलनमा ‘समाचार नलेख्नुस् भनेको होइन, तथ्यपूर्णमात्रै लेख्नुस् न’ भनेका हुन् । तर, त्यति स्पष्ट कुरालाई पनि सञ्चारमाध्यमले ‘रविले धम्की दियो, पत्रकारितामाथि प्रहार गर्‍यो, पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए’ भनेर फेरि कोकोहोलो मच्चाए ।

रविले पत्रकार सम्मेलनमै भनेका छन्, ‘मिथ्या समाचार लेख्नुभयो भने चाहिँ सञ्चारमाध्यम घेर्न आउँछु ।’ रविले तथ्यपूर्ण समाचार लेख्नुस् भन्दा धेरै सम्पादक र पत्रकारलाई रिंगाटा छुट्यो । किनकि ती समाचारको शीर्षकमा ‘मनोवाद’ लेख्थे/लेख्छन् । के अब तथ्यपूर्ण समाचार लेख्नुस् भनेर आग्रह गर्न पनि नपाउने परिस्थिति बनिसकेको हो ?

तथ्यपूर्ण समाचार लेख भन्दा पत्रकार महासंघलाई थप औडाह भयो । किनकि त्यो ‘स्वतन्त्र’ भन्दै सबैभन्दा धेरै स्वार्थ साँध्ने संस्था हो । उसको बुझाइमा पत्रकारलाई तथ्यपूर्ण समाचार लेख्न आग्रह गर्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति हो । पत्रकारमाथिको धम्की र असुरक्षा हो ।

पत्रकार महासंघले त रविको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सँगसँगै भन्न सक्नु पर्थ्यो-

रविले लगाएका आरोपबारे तत्तत संस्था र व्यक्तिले सार्वजनिक जवाफ देऊ । सञ्चारमाध्यम पनि सामाजिक मर्यादा र कानूनी शासनभित्र रहनुपर्छ । समाचार लुकाउने धन्धा र बिचौलियाको काम छोड ।

रविले पत्रकार सम्मेलनमा धेरै कुरा आवेशमा बोले । प्रमाणित गर्न गाह्रो हुने आरोप लगाए । तर पनि जनता उनकै वाहवाही किन गरिरहेका छन् ? किनकि जनता मिडियाको ‘सिण्डिकेट’, सञ्चालकको ‘अर्थमोह’ र सम्पादकको ‘नियत’ राम्रैसँग बुझ्ने भइसके ।

सञ्चार उद्यमीको संस्थाले मालिकहरुको बचाउ र रविको आलोचना गर्नु दायित्व नै हो, गर्‍यो पनि । तर, मिडिया सोसाइटीले पनि रविको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफ्ना सदस्यलाई थिति र विधिमा बस भन्न सक्नुपर्थ्यो । जुनसुकै नियतले भए पनि रविले उठाएका प्रश्नको जवाफ देऊ भन्न सक्नुपर्थ्यो । अहँ भनेन ।

सञ्चारमाध्यमप्रति बढिरहेका प्रश्नको उत्तर दिन सहजीकरण गर्नुपर्ने पत्रकार महासंघ र मिडिया सोसाइटीले नै रविको अभिव्यक्तिसँगै बहस र समीक्षाका लागि सतहमा आएका प्रश्नतर्फ ध्यान दिएन । पत्रकार महासंघ र मिडिया सोसाइटी रविविरुद्ध नै खनिए । तथ्यपूर्ण समाचार लेखभन्दा पनि आत्तिने र कोकोहोलो मच्चाउने यी दुई संस्था मिथ्या समाचार पनि लेख्नु पाउनुपर्छ भन्ने मान्यता राख्छन् हो ? आफूले लेख्ने समाचारको जिम्मेवारी लिएर माग्न आउँदा जवाफ देऊ पनि भन्न नसक्ने पानीमरुवा यस्ता संस्थाले पत्रकारिता वा सञ्चारमाध्यमको नेतृत्व गर्न सक्दैन ।

लौ, रविले बाटो बिराए रे ! राज्यका जिम्मेवार निकाय र पत्रकारिता सम्बद्ध संस्थाले पनि बाटो नै बिराउने हो ? रविले विषवमन नै गरे रे ! पत्रकारिताले पनि त्यसै गर्ने हो ? रविले आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् रे ! सञ्चारमाध्यमले पनि नदिने हो? तँ खराब भइस् भन्न आफू असल हुनुपर्छ । र, अहिले रविलाई खराब प्रमाणित गर्न लागेको पत्रकारिता आफैंमा चाहिँ सही छ है भनेर प्रमाणित गर्ने वेला हो । तर, बहस त्यतातिर मोडिएला जस्तो छैन ।

पत्रकारिताले धर्म छोड्दै जाँदा, सञ्चारमाध्यमले व्यवसायिक स्वार्थ बढाउँदा र पत्रकार मालिक र सम्पादकको दास हुँदै जाँदा पत्रकारितामै प्रश्न उठ्छ । रविले सुरुवात गरेकामात्रै हुन् । यसलाई बढ्न नदिनु नै पत्रकारिताको हितमा छ ।

प्रश्न गर्नेहरु नै प्रश्नसँग डराउने परिस्थिति जो रविले बनाए, त्यसलाई रवितर्फ नै थप प्रश्न गरेर होइन, तथ्यपूर्ण जवाफ दिएरमात्रै चिर्न सकिन्छ ।

रविले पत्रकार सम्मेलनमा ‘समाचार नलेख्नुस् भनेको होइन, तथ्यपूर्णमात्रै लेख्नुस् न’ भनेका हुन् । तर, त्यति स्पष्ट कुरालाई पनि सञ्चारमाध्यमले ‘रविले धम्की दियो, पत्रकारितामाथि प्रहार गर्‍यो, पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए’ भनेर फेरि कोकोहोलो मच्चाए ।

कसका स्टेकहोल्डर, कस्ता विरादरी ?

लुकाउनुपर्ने तथ्य के होइन भने रवि लामिछानेले १२-१३ भाइ सम्पादक र केही मिडिया मालिक भनेर ज-जसको नाम लिए वा प्रवृत्तिलाई इंगित गरे उनीहरु तत्कालीन सत्ता गठबन्धनका स्टेकहोल्डर थिए ।

परमादेशमार्फत शेरबहादुर देउवालाई सत्तासीन गराउनेदेखि चोलेन्द्र शमशेरलाई महाअभियोग लगाएर आफ्ना मामिला फिट गर्नेसम्मका कार्यमा उनीहरु एकै ठाउँमा थिए । जब प्रचण्ड तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री नपाएर बालकोटको बार्दलीमा पुगे, त्यसपछि उनीहरुलाई गहिरो आघात परेकै हो ।

प्रचण्डलाई प्रधानमन्त्री नदिनू गल्ती थियो भनेर कांग्रेसलाई ‘एहासास’ गराउन पनि उनीहरुकै लेख, सम्पादकीय र टिप्पणीहरु निर्णायक बने, न कि गगन थापाका सुझाव । तत्कालीन गठबन्धन भत्किएकोमा दक्षिण छिमेकीलाई भन्दा चोट उनीहरुलाई परेको थियो र त्यो सूदसहित फिर्ता ल्याउन चाहन्छन् ।

रवि लामिछाने माओवादी बराबर लोकप्रिय मत पाएको दलको नेतृत्वमा उदाएको उनीहरुलाई रुच्ने कुरा थिएन । रास्वपा भनेको रविको स्वआर्जन र रविले भन्ने गरेको उनको ‘सत्कर्म’ले आर्जन गरेको शक्ति हो । रविले आर्जेको मत उनलाई सिध्याइदियो भने शून्यमा झर्छ भन्ने सिद्धान्तबाट यी सबै प्रहार भएका हुन् ।

केपी ओलीमाथि जति प्रहार गरे पनि एमाले पार्टीको जग तलैदेखि बलियो भएको हुनाले उनीहरुले जति गरे पनि हल्लाउन सक्ने अवस्था रहेन । तर, ओली अहिले जसरी सत्ताको सबैभन्दा उच्च स्थानमा छन्, उनलाई त्यहाँबाट खँदार्न रविमाथि पहिलो प्रहार जरुरी थियो ।

यो एउटा यस्तो एजेण्डा सेटिङको गिरोह हो, उनीहरु संगठित भएर लागेपछि व्यक्तिको जीवन समाप्त पार्न पछि पर्दैनन् । फरक यति हो कि चुनावबाट परास्त गर्न चाहिँ अब उनीहरुका रुमानी कथा र दानवीकरणलाई मतदाताले पत्याइदिँदैनन् । पत्याउने भए तत्कालीन पाँच दलीय गठबन्धनले दुईतिहाइ ल्याउँथ्यो र एमालेलगायतका पार्टीहरु पत्तासाफ हुन्थे ।


प्रतिक्रिया

4 thoughts on “रविले तथ्यसहित लेख भन्दा असुरक्षित हुने कति कमजोर प्रेस ?

  1. दलालहरू के तथ्यसहित लेख्छन ? कमाउनु छ जसरी पनि । जेपायो त्यहि लेख्यो कसैको ईच्छा पुरा गरिदियो अनि दलाली भाग खायो । नेपालमा सबैभन्दा नैतिकता नभएका र चरित्रहिन भनेकै पत्रकार हुन त ।

  2. १२ भाइ हरुको कट्टु खुस्कि सक्यो तुरि देखि सके सारा नेपाली ले देशको लागि खतरा हुन्छन येस्ता धमिराहरु । कोहि कोहि त भारतिय दलाल पनि रछन। भारत को लागि नेपाल मा बसेर काम गर्ने।

  3. नेपाल मा पत्रकारिता शुद्द छैन भनेर आम जमनस मा बिश्वास छ।यो कुरा बाहिर न आको मात्रै हो रबि ले हिम्मत गरेर ल्याए यिनी १२ भाइ मुलधार का असली मुखौडा सतह मा ल्याय धन्यवाद।जनता हरु एकबद्द भएर बहिस्कार गर्नु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *