त्रिकोणात्मक सिरिजका लागि नेपाली टीम घोषणा : सन्दीप समेटिए, आरिफ रिजर्भमा – Nepal Press

त्रिकोणात्मक सिरिजका लागि नेपाली टीम घोषणा : सन्दीप समेटिए, आरिफ रिजर्भमा

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने आगामी त्रिकोणात्मक शृंखलाका लागि सन्दीप लामिछानेलाई समेटेर नेपाली राष्टिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार १६ सदस्यीय राष्टिय टोलीको घोषणा गरेको हो । विवादबीचम सन्दीपले राष्टिय टोलीमा पुनरागमन गरेका हुन् ।

बलात्कारको आरोप लागेका सन्दीप धरौटीमा छुटेपछि क्यानले निलम्बन फुकुवा गरेर उनलाई राष्टिय टोलीको बन्द प्रशिक्षणमा समेटेको थियो। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा छन् ।

यस्तै, सामेपाल कामी, करन केसी, ललित राजबंशी, गुल्सन झा, भीम सार्की र सुर्य तामांग रहेका छन् । फ्रेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने एकदिवसीय अन्तर्राष्टिय शृंखलामा नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *