छातीमा गाेली लागेर पनि नढलेका शरद- करङ टुट्यो, साहस टुटेन – Nepal Press

छातीमा गाेली लागेर पनि नढलेका शरद- करङ टुट्यो, साहस टुटेन

काठमाडौं । जनमुक्ति सेनाका पूर्वडिभिजन कमाण्डर सुकबहादुर रोका ‘शरद’को छातीमा बीस वर्ष पहिला थ्री नट थ्री राइफलको गोलीले टुटाएको दुईवटा करङ अहिलेसम्म जोडिएको छैन । नजोडिएको करङ बोकेरै हिँडिरहेका छन् । त्यही करङ बोकेर सात वर्ष क्यान्टोनमेन्टमा बसे । सात वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनको स्वकीय सचिव बने ।

स्वकीय सचिवको कार्यकाल अन्तिम समयमा छ । यसपछि शरदको जीवनको यात्रा कस्तो हुनेछ, उनैलाई पत्तो छैन । तर, जस्तो हुनेछ, त्यसका लागि उनी तम्तयार छन् । उनकै शब्दमा भन्ने हो भने त्यत्रो मृत्युलाई त जितेर आए, सानातिना दुःख, अप्ठ्यारो झेल्नलाई केको गाह्रो !

जबजब आफ्नो देब्रे छाती छाम्छन् शरद, तबतब २०५८ साल फागुन ४ गतेको भीषण लडाइँको स्मृति ताजा भएर आउँछ । ४ गतेको शिशिर यामको त्यही रातले शरदको सबथोक बदलिदियो ।

त्यसवेला शरद जनमुक्ति सेनाको बटालियन बनाउँदा सहायक कम्पनी कमाण्डर बनेका थिए । राज्यले आर्मीलाई ब्यारेकबाट बाहिर निकाल्ने पक्कापक्की जस्तो भइसकेको थियो । जनमुक्ति सेनाले पनि एके फोर्टी सेभेनलगायत आधुनिक हतियारहरुको जुगाड गर्दै थियो ।

पश्चिमअन्तर्गत स्याङ्जाको स्याङ्जा बजार, मध्यअन्तर्गत दाङको घोराही र पूर्वी कमाण्डले सोलुमा एकै समयमा ‘हान्ने’ योजना बन्यो । २०५८ मंसिर ८ गते सोलुमा भने हमला गर्न जाँदाजाँदै बाटोमै ग्रिनेड पड्किएपछि तेस्रो दिनमात्रै हमला भयो । स्याङ्जाको स्याङ्जा बजार कब्जा भयो । शरदलगायत टोली घोराहीअन्तर्गत थिए । सेनाको ब्यारेक ‘हान्ने’ जिम्मा शरदहरुको काँधमा थियो ।

तीन साइडबाट हमला गर्ने योजनामुताविक शरदले एक साइडको कमाण्ड सम्हालेका थिए । घोराहीमा जनमुक्ति सेनाले विजय हासिल ग¥यो । जनमुक्ति सेनातर्फ आठजनाको मृत्यु भयो भने नेपाली सेनातर्फ १४ जनाको मृत्यु भयो । रुकुमका दुईजनाले भर्खरै विवाह गरेका थिए । त्यो जोडीको पनि त्यही हमलामा मृत्यु भएको थियो । जसलाई जनमुक्ति सेनाले ‘लाल जोडी’ भनेर घोषणा गरेको थियो ।

शरद सम्झिन्छन्, ‘भर्खरै विवाह गरेकी ती बहिनी मेरै ग्रुपमा थिइन् । मलाई अवसर दिनुभएन भनेर गुनासो गरेपछि एसल्ट कमाण्डर बनाएर पठाएको थिएँ । उनको श्रीमान चाहीँ सी कम्पनीअन्तर्गत अर्को ग्रुपमा थिए । मेरो बी ग्रुपअन्तर्गत थियो । तर, दुवैले शहादत प्राप्त गरे ।’

शरदले अगाडि कभर लिएका थिए । एके फोर्टी सेभेनबाट फायर गरिरहेका थिए । अचानक उनको देब्रे छातीमा पछाडिबाट थ्री नट थ्रीको गोली छिर्‍यो । चारतला माथिको सिभिल घरको छतबाट हानिएको गोलीले उनको देब्रे छातीको करङहरु टुक्राटुक्रा पार्‍यो ।

घोराहीबाट जनमुक्ति सेनाले रकेट लन्चर, ट्वीन्च मोर्टार, एलएमजी, ८१ सेलदेखि स्नाइपरसम्म हतियार कब्जा गरे । घोराही आक्रमणपछि कपुरकोट र रातमाटेमा आक्रमण गर्ने योजना बन्यो । कपुरकोटमा राजेश र रातमाटेमा वरुणको कमाण्डमा आक्रमण भयो । तर, दुवै ठाउँमा जनमुक्ति सेनाले ठोस रुपमा उपलब्धि हासिल गरेन । संकटकाल लागू भइसकेको अवस्थामा देशैभर आतंक मच्चिएको थियो । माओवादी डिफेन्सिभ अवस्थामा पुगिसकेको थियो ।

यही वेला माअ‍ेवादीले आक्रमणलाई व्यापक बनाउने योजना बनायो । अछामको मंगलसेन आक्रमण गर्ने योजना बन्यो २०५८, फागुन ४ मा । त्यही आक्रमणमा शरद गम्भीर घाइते बने ।

आक्रमणको रणनीतिअनुसार जिप्रका शरदको कमाण्डमा थियो । आक्रमण गर्दै जाँदा पहिलो बंकर खाली गरिसकेका थिए । दोस्रो बंकरमा लडाइँ चलिरहेको थियो । तर, आक्रमण एक्सपोज भएकाले प्रहरीहरु सर्वसाधारणका घरहरुको छतमा पनि बसेका थिए ।

शरदले अगाडि कभर लिएका थिए । एके फोर्टी सेभेनबाट फायर गरिरहेका थिए । अचानक उनको देब्रे छातीमा पछाडिबाट थ्री नट थ्रीको गोली छि¥यो । जनताकाे घरकाे चारतला माथि छतबाट हानिएको गोलीले उनको देब्रे छातीको करङहरु टुक्राटुक्रा पार्‍यो ।

‘कमाण्डर नै घाइते भएपछि मनोबल गिरेर होला, कोही पनि मलाई समात्न आएनन् । दुइटा खुट्टा र दाहिने हातको भरमा बीस-तीस मिटर वर आइपुगें । एके फोर्टी सेभेन र मसँग भएको माउजर पेस्तोल सहयोद्धालाई बुझाएँ । सेना पाल्न पार्टीले दिएको तीन लाख पैसा थियो, त्यो पनि बेल्ट फुकालेर बुझाएँ’, शरद सुनाउँछन् ।

तीस मिटर वरतिर आइपुगेपछि शरदलाई केही पत्तो छैन । शरद भन्छन्, ‘मैले मृत्युलाई नजिकबाट स्पर्श गरेको छु । मर्दा जतिको आनन्द अरु केही हुन्न । म त मरेपछि मात्रै ब्युँझिएँ । म बेहोस भएर ढलेछु । कुनै सेन्स थिएन । त्यति आनन्द अहिलेसम्म भएको नै छैन । आँखा खुलै थिए, तर केही देखेको थिइनँ । कान थियो, केही सुनेको थिइनँ । कहाँ छु, के छु, केही थाहा थिएन । दुखाइ फिटिक्कै थिएन ।’

एकाध घण्टापछि सेनाले आकाशमा प्यारालाइट फाल्यो । अत्यधिक चम्किने त्यो लाइट फालेपछि शरदको खुलै रहेको आँखा रिभर्स भयो । उज्यालोको चमकमा आँखाको ज्योति फर्कियो । उनले आकाशमा सरसर गोली गइरहेको हेरिरहे । एकैछिनपछि शरदका साथीहरुले माइन हाने । ठूलो विस्फोटको आवाज आयो । कान पनि खुल्यो ।

शरद अस्पताल गएनन् । आफ्नै जबरजस्तीले बाँचेको बताउँछन् उनी । उनलाई जबरजस्ती स्ट्रेचरमा हालियो । त्यसपछि जबरजस्ती डोकोमा बसे । शरदका अनुसार सिलाएको ठाउँबाट हावा भित्रबाहिर गर्थ्यो । डोकोमा बोक्दा घाउ निचोरिएर पातलो रगत पानी बग्यो ।

‘त्यसपछि डाङडुङ सरसर भइरह्यो । कहाँ छु, कहाँ हो, सपना हो कि विपना हो, थाहै भएन । एकछिनपछि थाहा पाएँ, म त अछामको लडाइँमा छु । ए घाइते पो छु ! भनेर सोचेपछि यसरी घाउ दुख्न सुरु भयो कि मर्नु भयो’, शरद सुनाउँछन्, ‘सबैले हेल्प प्वाइन्ट कहाँ हो भनेका छन् । करङ सबै भाँचिएको छ । बोक्न खोज्दा भाँचिएको करङ दब्ने भयो । स्ट्रेचरमा हाल्न पनि नहुने, डोकोमा बोक्न पनि नहुने । कसोकसो दुई तीन कान्ला तल झरेछु । त्यसपछि हेल्प प्वाइन्टमा पुगें । त्यहाँ घाउ सिलाइदिए । रगत कति बग्यो थाहा भएन । त्यसपछि मेरो घाइते जिन्दगी सुरु भयो ।’

शरद अस्पताल गएनन् । आफ्नै जबरजस्तीले बाँचेको बताउँछन् उनी । उनलाई जबरजस्ती स्ट्रेचरमा हालियो । त्यसपछि जबरजस्ती डोकोमा बसे । शरदका अनुसार सिलाएको ठाउँबाट हावा भित्रबाहिर गर्थ्यो । डोकोमा बोक्दा घाउ निचोरिएर पातलो रगत पानी बग्यो ।

शरद भन्छन्, ‘डोकोमा बोक्दा निचोरिएर रगतपानी बग्यो । भित्रको घाउको कस त्यही पानीमा बग्यो । त्यो भएर म बाँचें जस्तो लाग्छ ।’

यसपछि शरद डिजेबल जस्तै बने । ६ महिनापछि तंग्रिए । पासाङ बिग्रेड कमाण्डर बनेपछि उनकै कार्यालयमा सचिवको रुपमा काम गर्न थाले । हतियार कताबाट कति आयो, पैसा कति आयो, तालिम कसरी चलाउनेलगायत कामहरुको व्यवस्थापनतिर लागे ।

२०६२ सालमा डिभिजन कमाण्डर बने । युद्ध रोकियो । गणतन्त्र आयो । उनी डिभिजन कमाण्डर बनेरै क्यान्टोनमेन्टमा गए । पछि सेना समायोजनमा सेनातिरै जान खोजेका थिए । तर, पार्टीले निर्णय गर्दा यमबहादुर अधिकारीलाई फुल कर्णेल बनाइयो । उनी सेनातिर जान पाएनन् ।

नचाहँदानचाहँदै राज्यले युद्धमा होमिदियो

‘क्रान्ति, परिवर्तन हुनुपर्छ । तर, म आफैंले गर्नुपर्दैन । अरु कसैले गर्छ । म क्रान्ति गर्न लायकको मान्छे होइन’, यसरी सोच्थे शरद ।

गाउँमा भिनाजुपछि एसएलसी पास गर्ने दोस्रो व्यक्ति शरद नै थिए । चुनावमा सहभागी हुँदै गर्दा कतिवेला गाउँलेले नेता माने वा कतिवेला नेता बने, शरद स्वयंले पत्तो पाएनन् । काम गर्दागर्दै उनी त नेता बनिसकेछन् !

रोल्पामा परिवार कष्टसाथ बाँचिरहेको थियो । दुःख र अप्ठ्यारोमा जसोतसो हाँसिरहेको थियो । अचानक शरदका दाइ ब्रिटिश आर्मीमा भर्ती भए । परिस्थिति बदलियो । एकातिर दाइ ब्रिटिस आर्मी भएपछि बदलिएको आर्थिक अवस्था, अर्कातिर निमुखा जनताको मुक्तिका खातिर लड्नुपर्छ भन्ने चेतना । शरद मझधारमा थिए ।

२०४३ सालमा एसएलसी पास गरे दाङबाट । इन्टर पनि पास गरे । सँगै वामपन्थी राजनीतिमा पनि सक्रिय भए । २०३६ सालको जनमत संग्रहबाटै राजनीतिको रस छिरेका शरद २०४८ को आमनिर्वाचनसम्ममा जनमोर्चाको सक्रिय कार्यकर्ता बनिसकेका थिए ।

गाउँमा भिनाजुपछि एसएलसी पास गर्ने दोस्रो व्यक्ति शरद नै थिए । चुनावमा सहभागी हुँदै गर्दा कतिवेला गाउँलेले नेता माने वा कतिवेला नेता बने, शरद स्वयंले पत्तो पाएनन् । काम गर्दागर्दै उनी त नेता बनिसकेछन् !

२०४८ को निर्वाचनमा रोल्पाबाट कृष्णबहादुर महरा र बरमान बुढा निर्वाचित भए । २०४९ सालको स्थानीय निर्वाचनमा झक्कुप्रसाद सुवेदी जिविस सभापति भए । यसपछि भने शरदले सोचे, ‘अब राजनीतिले पुग्यो । राजनीतिले गरिखान दिन्न । यसरी नै लाग्ने हो भने पढाइ त धुलिसात हुन्छ ।’

हुन त दाङमै पनि ब्याचलर पढाइ हुन्थ्यो । शरद भने दाङबाट भागेर काठमाडौं आए । मीनभवन क्याम्पसमा भर्ना भए । काठमाडौं त आए । तर, राजनीतिबाट भाग्न सकेनन् । उनै सांसद बुढा, महराहरुसँगै संगत भइरह्यो । काठमाडौंतिरै बाबुराम भट्टराई, प्रचण्ड, किरण, बादललगायत नेतासँग चिनजान भयो । पढ्नलाई केन्द्र छिरेका शरद त केन्द्रकै कार्यकर्ता जस्तो बने ।

२०५१ सालको मध्यावधि निर्वाचन हुने भयो । जनमोर्चा दुई धारमा बाँडियो । निर्मल लामा पक्षधरहरु निर्वाचनमा भाग लिने भए । प्रचण्ड पक्षधरले नलिने भयो । जनयुद्धमा जाने भयो । एकता केन्द्र तथा जनमोर्चा फुटिसकेको थियो । शरदहरु जनयुद्धका पक्षधर थिए ।

शरदहरु निर्वाचन बहिस्कार गर्नतिर लागे । राज्यले त्यसलाई दबाउन अप्रेसन चलायो । झडपका क्रममा स्थानीय सुके बुढाको मृत्यु भयो । योजनाकारको आरोपसहित शरदलाई पनि मुद्दा चलाइयो । पश्चिम रोल्पाको चप्काको मेलामा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ प्रहरीको गोली लागेर घाइते बने । लोकबहादुर र मानबहादुर मारिए । शरदहरु राज्यको मोस्ट वान्टेडको सूचीमा परे । नचाहँदानचाहँदै राजनीतिको विशाल मैदानमा प्रवेश गरे शरद ।

१५ दिने तालिमले बदलेको युद्ध नीति

‘हतियार प्रमुख होइन, मान्छे प्रमुख हो । मान्छेमा विचार प्रमुख हो । स्टुल हतियार होइन, चलाउने मान्छे प्रमुख हो । राज्यसत्तासँग बन्दुक छ । त्यसैले बन्दुकको विकल्प छैन । बन्दुकको भरमा टिकेको राज्यसत्तालाई बन्दुकले प्रतिकार गर्नुपर्छ ।’

शरदहरु यही लाइनलाई टिपेर जनयुद्धमा होमिए ।

‘हतियार प्रमुख होइन, मान्छे प्रमुख हो । मान्छेमा विचार प्रमुख हो । स्टुल हतियार होइन, चलाउने मान्छे प्रमुख हो । राज्यसत्तासँग बन्दुक छ । त्यसैले बन्दुकको विकल्प छैन । बन्दुकको भरमा टिकेको राज्यसत्तालाई बन्दुकले प्रतिकार गर्नुपर्छ ।’

त्यसवेला आक्रमण गर्ने दुई तरिका थियो माओवादीको । एक चौकीमै गएर आक्रमण गर्ने । अर्को प्रहरीहरु मुभमा रहेका वेला एम्बुसिङ गरेर आक्रमण गर्ने । होलेरी आक्रमणपछि माओवादीले दोस्रो कारबाही प्युठानको लुङमा गरेको थियो । शरद भने एउटा स्क्वायड लिएर प्युठानकै अर्को नयाँ भूगोल हेर्न गएका थिए ।

२०५४ सम्म माओवादीले श्रृंखलाबद्ध आक्रमण गरिरहेको थियो । तर, सफल हुन सकेको थिएन । एम्बुसमा माइन प्रयोग गर्नेदेखि अनेक तरिका अपनाइरहेको थियो । २०५४ को फागुनमा पहिलोपटक माओवादीले रोल्पाको निम्रीमा सफल कारबाही ग¥यो । प्रहरीबाट दुईवटा राइफल खोसियो ।

२०५५ मा राज्यले किलोसेरा टु अभियान चलायो । शरद दाङ झरेका थिए । पार्टीले उनलाई प्युठानमा स्क्वायड चलाउने जिम्मा दियो । सँगै राज्यलाई धक्का दिने योजना पनि बन्यो । कात्तिक १० गते धक्का दिने योजनाअन्तर्गत शरदको टोलीको जिम्मा प्युठानको लुङलुङ प्रहरी चौकी प¥यो । स्क्वायड कमाण्डरको रुपमा शरदको टोलीले चौकीमा बमबारी र गोलीबारी गरेर फर्कियो । पार्टीको नीति थियो, आतंक मच्याउनेमाथि आतंकमात्रै मच्याउने ।

शरदको टोलीले त्यही गरेर फिर्‍यो ।

जाजरकोटमा आक्रमण असफल भयो । रुकुममा पनि सफल भएन । रोल्पाको धौलावाङमा पनि सफल भएन । त्यसवेलासम्म माओवादी योजनाबद्ध आक्रमण गर्ने स्थितिमा पुगिसकेको थिएन । सर्भे गर्ने, रेकी गर्ने, रणनीति बनाउनेलगायतको काम भएकै थिएन । विनारणनीति यतिकै हमला गर्थे ।

दाङ, सल्यान र प्युठानलाई एउटा जिल्ला बनाइएको थियो । शरद प्युठान जिल्लामा थिए । किलोसेरा टु अभियानले अप्ठ्यारो पारिरहेको थियो । त्यसैले रोल्पाको जिनाबाङमा तालिमको तयारी भयो । पासाङ भारतमा व्यवस्थित तालिम लिएर फिरेका थिए । ठूला फंक्सनले पाउनुपर्ने तालिम पहिलोपटक १५ दिनसम्म शरदहरुको स्क्वायडले लिन पायो ।

जिल्ला इन्चार्ज जनार्दन शर्मा प्रभाकर थिए । सेक्रेटरी कुलप्रसाद केसी सोनाम थिए । पासाङ प्लाटुन कमाण्डर थिए । तालिम सकिएपछि चौकी आक्रमण गर्ने योजना बन्यो ।

शरद सुनाउँछन्, ‘तर, आँट आएन । प्लाटुनले नसकेको आक्रमण स्क्वायडले कसरी गर्ने ? साथमा राइफलसमेत थिएन । बाह्रबोरमात्रै थियो । तर, पासाङसँग एउटा राइफल रहेछ ।’

झिम्पे टावरमा पहिलो सफलता, आठवटा राइफल कब्जा

आक्रमण गर्न सक्ने या नसक्ने ? १५ दिने तालिमपछि सर्भेमा पहिला जाने निर्णय भयो । शरदहरु नाइट सर्भेमा गए । दिनको सर्भेका लागि अरु नै खटिए । सर्भेपछि निचोड निस्कियो, ‘यत्ति त ठोकिन्छ ।’

शरद सुनाउँछन्, ‘दुइटामध्ये एउटा चाहिँ नपड्किएको रहेछ । दुवै पड्नेको भए मानवीय क्षति बढी हुन्थ्यो । एकजना मर्‍यो । अर्का एकजना आत्तिएर लडेर मर्‍यो । आठ थान राइफल र एउटा रिभल्भर कब्जा भयो । त्यो पश्चिममा पहिलो सफल आक्रमण थियो ।’

सल्यान जिल्लाको सबैभन्दा अग्लो डाँडोमा अवस्थित झिम्पे टावर । सल्यानको झिम्पे गाउँमा अवस्थित उक्त ठाउँ भौगोलिक हिसाबले अत्यन्तै विकट । टावर रहेको डाँडा उत्तर-पूर्वबाट दक्षिण-पश्चिमतिर स्लोप (भिरालो) हुँदै झरेको थियो । टावरको दायाँ तथा बायाँतर्फको भूभाग धेरै भिरालो थियो, जहाँबाट मानिस हिँड्न, चढ्न सक्ने अवस्था थिएन ।

२०५५ साल मंसिर १० गते ।

शरदहरुले पहिलो आक्रमण गरे । तर, प्रहरीले टेरेन । उनीहरुको योजना थियो, पहिला आक्रमण गर्ने । त्यसपछि साइलेन्स बस्ने । अनि छतमा माइन चढाउने । त्यसपछि तेस्रो झट्का दिने ।

पहिलो आक्रमणमा प्रहरीहरु घरभित्र छिरे । शरदका अनुसार माओवादीलाई तथानाम गाली गरे । फायरिङ गरे । शरदहरुले छतमा दुईवटा माइन चढाए । पड्कियो । एउटा कोठा पूरै ध्वस्त बन्यो ।

शरद सुनाउँछन्, ‘दुइटामध्ये एउटा चाहिँ नपड्किएको रहेछ । दुवै पड्नेको भए मानवीय क्षति बढी हुन्थ्यो । एकजना मर्‍यो । अर्का एकजना आत्तिएर लडेर मर्‍यो । आठ थान राइफल र एउटा रिभल्भर कब्जा भयो । त्यो पश्चिममा पहिलो सफल आक्रमण थियो ।’

आठवटा राइफल भएपछि मुख्य फोर्सभन्दा सहायक फोर्स बलियो बन्यो । प्लाटुनमा जम्मा एकएक वटामात्रै थियो । ‘हामी कमाण्डरले एकएक वटा राइफल समात्यौं । दुईवटा राइफल चाहिँ पासाङलाई तपाईंले गर्दा भएको हो भनेर रोल्पा जिल्लालाई दियौं’, उत्साहित हुँदै सुनाउँछन् शरद, ‘त्यसपछि म प्युठानमै सक्रिय भएँ । कहिले कमाण्डर भएँ, कहिले कमिसार भएँ । प्युठानमै भिग्री कारबाहीमा पनि सहभागी भएँ ।’

जब आमाहरुले बच्चालाई सडकमा छाडेर भागे

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, म्याग्दी र मुस्ताङलाई जोडेर उपक्षेत्र बनाइएको थियो । त्यो उपक्षेत्रलाई हेर्ने गरी एक प्लाटुन बन्यो । शरद त्यसको कमाण्डर बने ।

साउनको महिना, उपक्षेत्रबाट दशजनाको टोली लिएर पश्चिमतिर हान्निए शरद । रोल्पा पुगे । अनि रुकुम पुगे । त्यहाँ माओवादीले सैनिक केन्द्रीकरण गरेको थियो ।

त्यसपछि डोल्पा जिल्लाको सदरमुकाम दुनै आक्रमण गर्न शरदहरु निस्किए । ६ हजार मिटरमाथिको अल्टिट्युड पार गरेर आक्रमण गरिएको थियो । भदौमा पहिलो आक्रमण गर्दा योजना एक्सपोज भएकाले रिट्रिट हुनुपरेको थियो । लगत्तै असोजमा गएर शरदहरुले आक्रमण गरे ।

रातभर प्रहरीहरु चौकीबाट भाग्थे । दिउँसोमात्रै चौकीमा हुन्थे । प्रहरीहरु खाना खाएर झोला बोकेर बाहिर निस्कन लागेका थिए । शरदहरुले सम्साँझै आक्रमण गरे । साँझ भएकाले जनताले माओवादीलाई ठम्याउन सकेनन्, प्रहरी नै भन्ठाने ।

दोस्रोपटक पनि आक्रमण एक्सपोज भइसकेको थियो । ४८ जना कमाण्डो लगेर राखिएको थियो । माओवादीको योजना सुलिघाटको सेनालाई छेक्ने र आक्रमण गर्ने थियो । शरद सुनाउँछन्, ‘हामीले पहिलोपटक त्यही नै प्लास्टिक ग्रिनेडको सामना गर्नुप¥यो । भूईंमा झर्नेबित्तिकै पड्किहाल्थ्यो । एकदमै धेरै घाइते बनाउँथ्यो ।’

बैंक कब्जा भयो । कारागार कब्जा भयो । जिप्रकाको अन्तिम एउटा घरबाहेक सबै कब्जा भयो । अन्तिम एउटा घर बाँकी हुँदा रिट्रिटको कासन भएपछि शरदहरु फिरे । सशुन्त र चन्दनहरु सहिद भए । शरदको टोली बाग्लुङ फिर्‍यो । त्यहाँ नै बोहोरा गाउँको झिवा खोलाको इलाका प्रहरी कार्यालयमा आक्रमण गरे ।

रातभर प्रहरीहरु चौकीबाट भाग्थे । दिउँसोमात्रै चौकीमा हुन्थे । प्रहरीहरु खाना खाएर झोला बोकेर बाहिर निस्कन लागेका थिए । शरदहरुले सम्साँझै आक्रमण गरे । साँझ भएकाले जनताले माओवादीलाई ठम्याउन सकेनन्, प्रहरी नै भन्ठाने । फायर सुरु भएपछि जनता गल्लीगल्लीबाट भाग्न थाले । माओवादीले माइकिङ गर्‍यो ।

शरद सुनाउँछन्, ‘सबैभन्दा धेरै माया बच्चाको हुन्छ । तर, हामीले कासन गरेपछि बुझ्नेहरु घरभित्र पसे । बच्चाहरु सडकमा अलपत्र परे । हामीले बच्चालाई आमा कहाँ छ भन्दै पुर्‍याउन जाँदा आमाहरुले घरभित्रैबाट हात निकालेर बच्चा लिएका थिए । ज्यानको माया त्यस्तो हुँदोरहेछ, बच्चा पनि बिर्संदोरहेछ ।’

प्रहरीमा एकजनाको मृत्यु भयो । माओवदीको सनबहादुर घर्ती मनोजको मृत्यु भयो । इप्रकाबाट १७ थान हतियार कब्जामा लिए । क्रस फायरिङको क्रममा माछालाई पासो थाप्न हिँडेका दुईजना जनता पनि मरेका थिए ।

प्रहरीले दिलोज्यान दिएर लडेको रुकुमकोटको लडाइँ

माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भयो पञ्जाबको भटिण्डामा । शरदहरुले त्यही नै जनयुद्ध दिवस मनाए । त्यहाँबाट फिरेपछि चैत्र २४ गते जनआन्दोलन दिवसका लागि ठूलो धक्का दिने योजना बन्यो । त्यसका लागि फोर्स केन्द्रित भयो । चैत्र १९ गते रुकुमकोट आक्रमण गर्ने योजना बन्यो ।

माओवादीको योजना आधार इलाका खाली गर्ने थियो । आधार इलाकालाई अझै सुदृढ गर्ने थियो । तलबाट माथि डाँडामा रहेको इप्रकालाई आक्रमण गर्नुपर्ने थियो । प्रहरीहरु फौजी शैलीमा हातहतियारले सुसज्जित थिए ।

प्रहरीहरु दिनभर आराम गर्ने, रातभर जाग्राम बस्ने गर्थे । बिजुलीको उज्यालो थियो । सूचनाका लागि कुकुर पालिएको थियो । बक्स कटिङ तारहरु थिए । माइन बिछ्याइएका थिए । टनेलहरु थिए । शरदहरुको तरिका बंकरबाट देखेर घरमा लाने । त्यहाँ माइन आक्रमण गर्ने थियो । तर, आक्रमण गर्नासाथ उनीहरु बंकरमा गए । प्रहरीहरु पहिला थेग्ने, आक्रमण हुन नदिने । भएमा घेरा तोड्ने रणनीतिमा थिए ।

शरद सुनाउँछन्, ‘जुन साइडमा घेरा तोड्ने योजना बनाएका थिए, त्यही साइडमा म परेछु । सँगै रहेको विश्व भन्ने भाइलाई मेरै छेउमा ढालिदियो । मिलनलाई पनि त्यही सुताइदियो । राजनलाई पनि त्यही ढालिदियो । विविधको कमाण्डमा रहेको प्लाटुन कमाण्डर राजेन्द्र पनि त्यही ढल्यो ।’

माथिबाट ढुंगा पनि उस्तै मात्रामा लडिरहेका थिए । तलबाट ग्रिनेड हान्दा माथि नै पुग्दैन थियो । त्यही लडाइँबाट शरदहरुले ग्रिनेडलाई डिस्चार्ज कपमार्फत् राइफलमा राखेर हातले नपुग्ने ठाउँमा हान्ने तरिका सिके ।

शरदको अनुभव छ, प्रहरीले त्यहाँ अन्तिमसम्म ज्यान दिएर लडेको थियो । माओवादीका तर्फबाट आठजना बिते । प्रहरीहरुतर्फ ३२ जना मरे । १० जना घाइते भए । २२ जना कब्जा भए ।

हेलिकोप्टरमा गोली लाग्यो । सेनाका कर्नेल घाइते बनेको शरदको दाबी छ । शरद भन्छन्, ‘अलि पर लगेर राख्यो । अनि उडाएर तुल्सीपुर पुर्‍याइयो । तर, त्यसपछि त्यो हेलिकोप्टर कहिल्यै काम लागेन ।’

शरद भन्छन्, ‘प्रहरीसँगको उच्च किसिमको झडप त्यही हो । लडाइँको हिसाबले पनि अन्तिमसम्म डेको लडाइँ थियो त्यो ।’

गोली लागेर बाँगिँदै उडेको सेनाको त्यो हेलिकोप्टर

रुकुमकोटपछि अझै संगठित भएर जानुपर्ने अवस्था आइलाग्यो । सेनासँग लड्नुअघि माओवादीले धेरै तयारी गर्नुपर्ने थियो । शरदले म्याग्दी-बाग्लुङमा अभियान चलाए । महिनौं दिन शरदहरुको टोली अभियानमा निस्कियो । उनीहरु जहाँ जहाँ जान्थे, त्यहाँका चौकीहरु उठ्दै गए । कतिपय ठाउँमा शरदहरु जाँदा भाग्ने, गएपछि फर्कने पनि गरे ।

२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भयो । पार्टीको बैठकमा सिलगुडी हिँडेका शरदहरु चितवनबाटै फिरे र बाग्लुङ गए ।

केही समयपछि शरदहरुलाई दाङ बोलाइयो । दाङको भालुवाङमा प्रहरीहरुलाई एसएलआरबाट तालिम सिकाइरहेको थियो । त्यहाँ आक्रमण गर्न दाङमा भेला भएका थिए । आर्मीको सामना गर्नुपर्ने दिन नजिकिँदै थियो । आर्मीसँग एम १६ आइसकेको थियो । तर, भालुवाङको आक्रमण एक्सपोज भइदियो । भालुवाङमा एक सेक्सन सेना लगेर प्रहरीसँग राखियो ।

लगत्तै तुल्सीपुरको बाहिनीलाई कटअफ गरेर तुल्सीपुर आक्रमण गर्ने योजना बन्यो । तर, त्यो पनि एक्सपोज भइदियो । यसपछि दाङकै इप्रकालाई स्पीक आक्रमण गरे शरदहरुले । राति बाहिर बसेर चौकी फिर्ने वेला झिसमिसेमा आक्रमण गरेका थिए । ७२ जनाको फोर्स थियो प्रहरीको । एकजना मरे, एकजना घाइते भए ।

त्यही वेला सेनासँग पहिलो झडप भयो माओवादीको ।

नुवा गाउँमा हेलिकोप्टरमार्फत् सेना ड्रप गरियो । एउटा डाँडैभरि जनमुक्ति सेना थियो । हेलिकोप्टर आउन लाग्यो, अब निस्कनुपर्छ भन्दाभन्दै हेलिकोप्टर आएको सुनाउँछन् शरद । हेलिकोप्टर पारि डाँडा हुँदै उनीहरु बसेकै ठाउँमा आयो । बस्न खोज्यो । जनमुक्ति सेनाले आक्रमण ग¥यो । हेलिकोप्टरको तलमाथि बुलेटप्रुफ थियो । एकातिरको आक्रमण कोल्टे फर्केर छेक्छ, अर्कोतिरबाट आक्रमण भइहाल्छ ।

यसो हुँदा हेलिकोप्टरमा गोली लाग्यो । सेनाका कर्नेल घाइते बनेको शरदको दाबी छ । शरद भन्छन्, ‘अलि पर लगेर राख्यो । अनि उडाएर तुल्सीपुर पुर्‍याइयो । तर, त्यसपछि त्यो हेलिकोप्टर कहिल्यै काम लागेन ।’

त्यहाँबाट निस्केर अलि पर पुगेपछि शरदहरुको भेट आर्मीको ग्रुपसँग भयो । चारैतिरबाट जनमुक्ति सेनाले घेरा हाल्यो । आर्मीले ‘लड्न आएको होइन, सरकारले पठाएर आएको’ भनेको शरद बताउँछन् । त्यहाँ चिठी आदानप्रदानमार्फत् जनमुक्ति सेना र नेपाली सेनाको वार्ता भयो ।

शरद सुनाउँछन्, ‘त्यहाँबाट हामी निस्कियौं । त्यसको पाँच दिनसम्म कुहिरो र बादल लाग्यो । म प्युठान पुग्ने वेलासम्म पनि आतंककारीलाई सेनाले घेराबन्दीमा पारेको छ भनेर रेडियोले फुकेको फुकेयै थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *