सिरियामा सालनालसहित उद्धार गरिएको शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव – Nepal Press

सिरियामा सालनालसहित उद्धार गरिएको शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव

काठमाडौं । सोमबार टर्की र सिरियामा आएको भूकम्पमा पुरिएकी मृत आमासँग सालनालसँगै उद्धार गरिएकी शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव आएका छन् ।

बिबिसीका अनुसार उद्धार गरिएकी बालिकाकाे नाम  आया राखिएको छ। आयाको अरबी भाषाको अर्थ चमत्कार हुन्छ ।

पुरिएको घरबाट उद्धार गरिएकी आयाको आमा र अरु परिवारका सदस्यहरुको भने ज्यान गएको छ । सिरियाको बिद्रोहीले कब्जा गरेको सहर जिन्देरिसमा यो घटना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर