राष्ट्रपतिको आग्रह- आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमा लगानी, किसानलाई मल अभाव नहोस् (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ माघ २७ गते १५:३२
![](https://www.nepalpress.com/wp-content/uploads/2023/02/prez-bhandari-2.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताएकी छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपतिले जैविक र रासायनिक मलको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताइन् ।
राष्ट्रपतिले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।
राष्ट्रपतिले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताएकी छन् । राष्ट्रपतिले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने बताएकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर