अमेरिकामा बसी फेसबुक ह्याक गरी नेपालमा बस्ने साथीलाई अप्ठेरो पर्यो भन्दै ५० हजार ठगी
काठमाडौं । अमेरिकामा बस्दै आएका एक व्यक्तिको फेसबुक ह्याक गरेर उनका साथीसँग सहयोग मागेर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका २३ वर्षीय आशिष परियार रहेका छन् ।
परियारले अमेरिकामा रहेका ती व्यक्तिका नेपालमा रहेका साथीलाई आफू अप्ठेरोमा परेको भन्दै ५० हजार हजार रुपैयाँ मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साइबर ब्यूरोका अनुसार त्यसरी सहयोग मागेपछि साथीले तत्कालै उल्लेखित नेपाल बैंकको खातामा पैसा जम्मा गरिदिएका थिए ।
तर अमेरिकामा रहेका ती साथी तीन चार दिनसम्म सम्पर्कमा नआएपछि पिडितले आफैंले उनका साथीहरुमार्फत बुझेका थिए । सो क्रममा अमेरिकामा रहेका ती व्यक्तीको फेसबुक अकाउन्ट ह्याक भएको थाहा पाएपछि उनी प्रहरीकहाँ उजुरी गर्न पुगेका थिए ।
पछिल्लो समय विदेशमा रहेका नेपालीको फेसबुक ह्याक गरेर नेपाल बस्ने तीनका आफन्त र साथीभाईसँग सहयोग माग्ने नाममा ठगी बढीरहेको ब्यूरोले जनाएको छ ।