रिलिज मितिसँगै ‘हुक्का’को फस्टलुक सार्वजनिक – Nepal Press

रिलिज मितिसँगै ‘हुक्का’को फस्टलुक सार्वजनिक

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मीठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पार्श्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनि मिश्रण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर