राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पताल अगाडि चिकित्सकको प्रदर्शन (भिडिओ)
काठमाडौं । राष्ट्रपतिकाे सवारीका क्रममा प्रहरीले आफूहरुमाथि कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।
ड्युटीमा रहेका बेला प्रहरीहरु आएर आफूहरुमाथि कुटपिट गरेको भन्दै उनीहरुले अस्पताल बाहिर सडकमा विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरुको विरोधका कारण केहीबेर यातायात अवरुद्ध भएको थियो ।
राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले आफूहरुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको उनीहरुको आरोप छ । राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनीथ सिंह घाइते भएका छन् ।
वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउँदा देखाउँदै प्रहरीले कुटपिट गरेको बताए । घटनामा संलग्नलाई कारबाही नगरेसम्म अस्पतालमा सेवा सुचारु गर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।