जनकपुरधाममा ६० लाखको लागतमा पार्किङस्थल निर्माण सुरु – Nepal Press

जनकपुरधाममा ६० लाखको लागतमा पार्किङस्थल निर्माण सुरु

 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्वर ८ दशरथ नगरमा सुविधा सम्पन्न पार्किङ स्थल निर्माण सुरु भएको छ ।

नगर प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले संयुक्त रुपमा पूजापाठ गरी शिलान्यास गरेसँगै पार्किङ स्थलको निर्माण सुरु भएको हो । दशरथ मन्दिर नजिकै रहउको १२ कट्ठा जग्गामा पार्किङ निर्माण हुने नगर प्रमुख साहले जानकारी दिए ।

पार्किङ स्थल निर्माणका लागि उपमहानगरपालिकाले ६० लाख रुपैयाँमा टेण्डर लगाएको छ । पार्किङ स्थल निर्माण भएपछि अब नगर क्षेत्रमा हुने सवारी साधनको जथाभावी पार्किङ रोकिने छ । यसले दुर्घटना पनि न्यूनिकरण हुनेछ ।

‘जथाभावी सडकमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम हुन्थ्यो’, नगर प्रमुख साहले भने, ‘नगर क्षेत्र पनि कुरुप झै देखिन्थ्यो । अब पार्किङ स्थल निर्माण भएपछि यो समस्याहरु समाधान हुन्छ ।’

मधेश प्रदेशको राजधानी जनकपुरधाम कायम गरेसँगै यहाँ सवारी साधनको चाप दिनप्रतिदिन बढ्दै गएको छ । यहाँ निजी पार्किङ स्थलहरु पनि नरहेकाले सवारी साधन लिएर आउनेहरु समस्यामा पर्ने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *