प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन माधव नेपाल कैलाली पुगे
कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कैलाली पुगेका छन् नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली पुगेका हुन् ।
आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ । बैठकमा सहभागी हुन नेपाल धनगढी आएको प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।
अध्यक्ष नेपाल भोलि सम्म धनगढीमा रहने छन् । आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोलि प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने तालिका रहेको छ ।
बैठकमा सहभागी हुन केन्द्रीय उपाध्यक्ष प्रदेश हमाल हिजै धनगढी पुगिसकेका छन् ।