अर्थका तीन सहसचिवको सरुवा, वीरगञ्ज भन्सारमा पन्थी – Nepal Press

अर्थका तीन सहसचिवको सरुवा, वीरगञ्ज भन्सारमा पन्थी

काठमाडौं । अर्थमन्त्रालयका तीन सहसचिवको सरुवा भएको छ । मन्त्रालय स्रोतका अनुसार भन्सार विभाग, वीरगञ्ज भन्सार र राजश्व तालिम केन्द्रमा सहसचिव खटाइएको हो ।

सहसचिव डिलाराम पन्थीलाई वीरगञ्ज भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ भने रमेश अर्याललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यस्तै रामप्रसाद आचार्यलाई राजस्व तालिम केन्द्रमा जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर