मधेस सरकारले जनयुद्धका ५४० शहीद परिवारलाई गर्‍यो एक/एक लाख आर्थिक सहयोग – Nepal Press

मधेस सरकारले जनयुद्धका ५४० शहीद परिवारलाई गर्‍यो एक/एक लाख आर्थिक सहयोग

जनकपुरधाम । मधेस सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० शहीद परिवारलाई आर्थिक सहयोग गरेको छ ।

गृह तथा संचार मन्त्रालय मातहतमा रहेको शहीद प्रतिष्ठानले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा शहीद परिवारहरुलाई आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति वर्षमान पुनले शहीद रामवृक्ष यादव परिवारका सदस्य सुधा यादवलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरे ।

गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले अन्य ५३९ शहिद परिवारलाई बैंक खाता मार्फत नै रकम पठाइने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयहरुले उपलब्ध गराएको तथ्यांक बमोजिम जनयुद्धका ४५० शहीद परिवारलाई आर्थिक सहयोग गरेको बताइएको छ ।


प्रतिक्रिया

One thought on “मधेस सरकारले जनयुद्धका ५४० शहीद परिवारलाई गर्‍यो एक/एक लाख आर्थिक सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर