यातायात बन्द हुँदा सर्वसाधारण मारमा, ‘अफलाइन राइडरहरु’ बार्गेनिङमा व्यस्त – Nepal Press

यातायात बन्द हुँदा सर्वसाधारण मारमा, ‘अफलाइन राइडरहरु’ बार्गेनिङमा व्यस्त

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।

ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात यातायात मजदुरहरूले आज यातायात सेवा बन्द गरेका हुन् ।

फाटफुट निजी सवारी सञ्चालन भएपनि सडक खाली देखिएका छन् ।

यातायात बन्दको फाइदा राइडरहरुले उठाइरहेका छन् ।

अहिले चोक चोकमा भेटिने पठाओ, इन्ड्राइभका राइडरहरुले चर्को मूल्यमा अफलाइन यात्रा गर्न बार्गेनिङ गरिरहेका छन् ।

अनलाइन नजाने तर अफलाइनमा मनलाग्दी भाडा असुलिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

सोमबार आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर