काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता


काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधिसँग भएको वार्ताको क्रममा आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले सवारी बन्द फिर्ता लिइएको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नेपाल प्रेसलाई बताए ।
‘मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने । यातायात मजदुरले उठाएको माग र कानून संशोधनका मुद्दालाई यातायात क्षेत्र सुधार कार्यदलले सम्बोधन गर्ने, आज बन्दको क्रममा पक्राउ गरिएका मजदुरलाई तत्काल रिहाई गर्ने सहमति भएको छ’, राईले जानकारी दिए ।
उनका अनुसार अहिले सम्झौताको पत्र तयार भइरहेको छ ।