आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची – Nepal Press

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा  बिहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक चालु अधिवेशनमा पहिलो विधेयकसमेत हो ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ बैठकसमक्ष पेश गर्नेछन् ।

उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

साथै, कृषि तथा पशपुंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर