सुष्मा कार्कीको वर्थडे केकमा सलमान खानको तस्वीर, ‘मेरो बेबी’ भन्दै काट्न मानिनन् – Nepal Press

सुष्मा कार्कीको वर्थडे केकमा सलमान खानको तस्वीर, ‘मेरो बेबी’ भन्दै काट्न मानिनन्

काठमाडौं । प्रणय दिवसको दिन जन्मदिन परेकी नायिका सुष्मा कार्कीले हिजो काठमाडौँस्थित ‘दि एड्रेस लाउन्ज’ मा आफ्नो बर्थडे पार्टी आयोजना गरिन् । आफन्त, साथीभाई, केही मिडियाकर्मी र सीमित सेलिब्रेटीलाई उनले आमन्त्रण गरेकी थिइन् ।

सुष्माको ३८ औँ जन्मदिन समारोहमा अभिनेत्री करिष्मा मानन्धर आफ्नी छोरी कबिता मानन्धरलाई लिएर पुगेकी थिइन् भने नायिका तथा मिडियापर्सन रीमा विश्वकर्मा र सुरबिना कार्की पनि सहभागी थिए । उनका अतिथिहरु त्यतिबेला जिल खाए, जब जन्मदिनका लागि तयार पारिएको केकमा बलिउड हिरो सलमान खानको तस्वीर देखियो ।

सुष्माले एकपटक विदेश जाँदा सडकमा फ्यानको रुपमा सलमानसँग टाँस्सिएर फोटो खिचाएकी थिइन् । त्यो तस्वीरलाई जीवनकै ठूलो उपलब्धीजसरी उनले प्रचार गरिन् । आफू सुत्ने कोठामा समेत उनले सो तस्विर ठूलो बनाएर सजाएकी छन् । सलमानका विषयमा उनले बोलेका कुराहरुलाई लिएर पनि निकै ट्रोल गरिएको थियो ।

अहिले फेरि उनले सलमानप्रति मोह देखाउन हो वा मिडियाको एटेन्सन पाउन अर्को फन्डा रचेकी छन् । जन्मदिनमा उनले दुईवटा केक ठिक पारेकी थिइन् । एउटामा उनको आफ्नै तस्वीर थियो भने अर्कोमा सलमानको । सुरुमा उनले आफ्नो तस्बिर भएको केक काटिन् । सलमानको तस्वीर भएको केक भने काट्न चाहिनन् । उपस्थित अतिथिले अर्को केक पनि काट्न भनेपनि उनले जवाफ दिइन्– ‘म मेरो बेबीलाई काट्दिन ।’

सलमानवाला केक देखेपछि चकित परेकी नायिका रिमाले मिडियालाई सो तस्विर सलमानसम्म पुर्‍याउन ठट्यौलो आग्रह गरिन् ।
सुष्मा चलचित्रका कारण भन्दा पनि आफ्नो व्यक्तिगत जीवन र कन्ट्रोभर्सीका कारण मिडियामा छाइरहने नायिका हुन। पछिल्लो समय उनीसँग एउटा पनि चलचित्र छैन । त्यसैले चर्चामा आइराख्नका लागि विभिन्न जुक्ति लगाउनुपर्ने वाध्यता उनलाई छ ।


प्रतिक्रिया

One thought on “सुष्मा कार्कीको वर्थडे केकमा सलमान खानको तस्वीर, ‘मेरो बेबी’ भन्दै काट्न मानिनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *