न्यायाधीश भुवन गिरीविरुद्ध प्रदर्शन गर्ने पाँच जना संसद भवन अगाडिबाट पक्राउ (भिडिओ) – Nepal Press

न्यायाधीश भुवन गिरीविरुद्ध प्रदर्शन गर्ने पाँच जना संसद भवन अगाडिबाट पक्राउ (भिडिओ)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन  गर्न लागेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले  न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत, सरिना फुयाललाई पक्राउ गरेको छ । श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्  ।

पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर