स्पट फिक्सिङको अनुसन्धान सकियो, १२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय – Nepal Press

स्पट फिक्सिङको अनुसन्धान सकियो, १२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले स्पट फिक्सिङ प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

सीआईबी स्रोतका अनुसार १२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने छ र अदालतमा मुद्दा दर्ता हुनेछ ।

नेपाल टी-२० लिग दौरान स्पट फिक्सिङ भएको भन्दै प्रहरीले पूर्व क्रिकेटर महबुब आलम र वर्तमान क्रिकेटर आदिल अन्सारीलाई पक्राउ गरेको थियो।

लिग आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका जतिन अलुवालिया र अभिषेक सकलानीसहित नितेश गुप्ता, राहुल शर्मा, समिर शेख, रवि माझी, एन्ड्र्यु म्याकर्थी, विकाश धामी, नविन कँडेल र विरेन्द्र शाहविरुद्ध मुद्दा चलाउन सीआईबीले प्रस्ताव गरेको छ ।
उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानासम्म सजाय माग गर्न राय दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर