झलनाथ खनाल भारत प्रस्थान
नेपाल प्रेस
२०७९ फागुन ४ गते ११:४९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल भारत हिँडेका छन् ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन खनाल भारतको पटना लागेका हुन् ।
पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।
खनालले नेतृत्वको भ्रमण प्रतिनिधि मण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, झलनाथ खनालको श्रीमती रवि लक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर