रिलिजको १३ दिनअघि ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक – Nepal Press

रिलिजको १३ दिनअघि ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं । वर्ष २०७९ को बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओसएसआर डिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ । पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ ।

केही समय अघिमात्र ‘दर्शन सलाम’ बोलको गीतसहित चलचित्रको टिजर र्साजनिक गरिएको थियो । उक्त गीतलाई दर्शकको राम्रो साथ मिलेको थियो भने रिलिज भएको केही दिनमै टिजरसहितको सो गीत ट्रेन्डिङ नम्वर १ मा समेत परेको थियो ।

रिलिजको १३ दिन अघि आज चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक भएको ट्रेलरले दर्शकको कस्तो साथ पाउछ त्यो भने आउने दिनले बताउनेछ ।

‘छक्का पञ्जा ४’सँगै नायक अनमोल केसी अभिनित यस वर्षको अर्को प्रतिक्षित चलचित्र ‘छड्के’ पनि सोही मितिमा रिलिज हुने भएको छ । अर्थात फल्गुन १९ मा दुई चलचित्र भिड्ने पक्का छ ।

कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

निर्माताहरु दिपेन्द्र खाँनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपकराज गिरीको कथा, कविराज गहतराजको कोरियोग्राफी, श्रद्धा मास्केको मेकअप र नरेन्द्र मैनालीको छायांकन रहेको छ । चलचित्रमा कलाकारहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत प्रस्तुत भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर