सूर्यमा भोट हाल्ने कांग्रेस केन्द्रीय सदस्यको नविकरणबारे सोच्नुपर्ने भएको छ : उपसभापति खड्का – Nepal Press

सूर्यमा भोट हाल्ने कांग्रेस केन्द्रीय सदस्यको नविकरणबारे सोच्नुपर्ने भएको छ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसका केन्द्रीय सदस्यहरुले समेत सूर्यमा भोट हालेको र उनीहरुको सदस्यता नविकरणका विषयमा सोच्नु पर्ने बताएका छन् ।

शुक्रबार गृहजिल्लामा कांग्रेस वीरेन्द्रनगर कार्यसमितिको नगर सम्मेलनलाई सम्बोधन गर्दै खड्काले कांग्रसेका केन्द्रीय सदस्यले सूर्यमा भोट हालेको थाहा पाए पनि मौन रहेको दाबी गरे ।

उनले भने, ‘केन्द्रीय सदस्य भाको छ, सूर्यलाई भोट हालेको छ, थाहा छ, त्यसको नविकरण गर्ने की नगर्ने ? अब नेपाली कांग्रेस विगतका भन्दा थप सशक्त भएर अगाडि बढ्न पर्छ । अब कर्णालीका बस्ती र वडाबाट सबैले पार्टी संगठनलाई थप बलियो बनाउनका लागि सक्रियताका साथ आग्रह गरेका छन् ।

त्यस्तै, अब कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने उपसभापति खड्काले दाबी गरेका छन् । राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने सम्भावना रहेको उनले बताएका छन् । राष्ट्रपति काँग्रेसले नै पाउँछ ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

खड्काले राष्ट्रपतिका विषयमा सत्तागठबन्धन भित्र खटपट देखिएको समयमा निर्वाचनमा गरिएको गठबन्धनबाट पार्टीलाई उपलब्धी भएको दाबी गरेका छन् । अब फेरि पनि सहकार्य हुन सक्ने खड्काले संकेत गरेका पनि छन् ।

खड्का कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ होला भनेर संकेत दिएका छैनन् । उक्त विषयमा पार्टीका शिर्ष नेताहरुबीच छलफल भइरहेको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर