पूर्वराजाको आह्वान- देश जोगाउन दलहरू र राजसंस्थाबीच सहकार्य गरौँ – Nepal Press

पूर्वराजाको आह्वान- देश जोगाउन दलहरू र राजसंस्थाबीच सहकार्य गरौँ

देशको अधोगतिमा अब मौन रहन नसक्ने उद्घोष

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको भन्दै हकार्यको आवश्यकता रहेको औँल्याएका हुन् ।

जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको शाहले उल्लेख गरेका छन् । अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

`देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन´ पूर्वराजाकाे विज्ञप्तिमा भनिएकाे छ ।

नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन् ।

उनले अब आफू अब मौन रहन नसक्ने बताएका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।´

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर