आज निर्वाचन दिवस : एकीकृत निर्वाचन कानूनको मस्यौदा पेस गर्दै आयोग (भिडिओ) – Nepal Press

आज निर्वाचन दिवस : एकीकृत निर्वाचन कानूनको मस्यौदा पेस गर्दै आयोग (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई कानूनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ ।

सातौं निर्वाचन दिवसको अवसर पारेर आज आयोगले उक्त मस्यौदा पेस गर्न लागेको हो ।

२०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको दिनको स्मरणमा ७ वर्षयता निर्वाचन दिवस मनाउन थालिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्वन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताए ।

गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतीसमेतलाई अध्ययन गरी आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्न आयोग लागिपरेको थपलियाको भनाइ छ ।

उनले भने, ‘यही फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुनेछन् । यसै क्रममा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्न लागिएको व्यहोरा
जानकारी गराउन चाहन्छु ।’

निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नारासहित सातौं निर्वाचन दिवस मनाउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर