राष्ट्रपति कांग्रेसबाट भएको समाचार सुन्नुहुन्छ : विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

राष्ट्रपति कांग्रेसबाट भएको समाचार सुन्नुहुन्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । आइतबार सुर्खेतमा दलका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले चुनावका बेला भएको दलीय गठबन्धनका आधारमा कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरे ।

उनले यसअघि सरकार बनाउँदा कांग्रेसको कमजोरीका कारण नेतृत्व गुमेपनि पुरानै दलीय सहमतिमा राष्ट्रपति बन्ने बताएका हुन् । ‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ ।’

उनले केही सामान्य घटनाले एमालेसँग माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए ।

उनले कांग्रेस चुनावबाट सबैभन्दा ठूलो दल बनेर गएपनि सत्ता हातमा नभएपछि कार्यकर्तामा निराशा पैदा भएकोे बताए । ‘चुनावबाट सबैभन्दा ठूलो दल बनेर जाने हातमा केही पनि नहुने, केन्द्रमा त भएन प्रदेशमा त हुनुपर्ने भन्ने कतिपयलाई लागेको छ,’ महामन्त्री शर्माले भने, ‘एक हिसाबले हामीबाट सत्ता गुमेको हो, तर अबको राष्ट्रपति काँग्रेसको बन्छ ।’

यस्तै, उनले सबैभन्दा ठूलो दल भएर जितेर जाने हातमा केही छैन शर्माले दुःखेसो पोखे ।

 


प्रतिक्रिया

2 thoughts on “राष्ट्रपति कांग्रेसबाट भएको समाचार सुन्नुहुन्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

  1. काङ्रेशलाई नै राष्ट्रपती किन दिन पर्छ !?
    =======================
    एउटा भास्य स्थापित गर्न खोजिदै छ काङ्रेश अभिभावक हो, काङ्रेसको राष्ट्रपती भए राष्ट्रिय एकता, सहमति र सम्बिधानको बचाउ हुन्छ :: शाही हो त !?
    :: रिस उठे पछी अदालत, प्रसासन, राष्ट्रप्रमुख माथि महाअभियोगको डण्डा बर्षाउने काङ्रेश अभिभावक हुनसक्छ !?
    :: बिगत कस्तो थियो के छिपेको छ र; MCC, SPP जस्ता देशघाती बिदेशीको गुलाम बनाउने सम्झौता गर्न नेत्रित्व गर्ने काङ्रेशले देश बचाउछ !?
    ::: मात्र आफ्नु फाईदाको लागि ‘परमादेश’ जस्तो घोर गैरसंबैधानिक र लोकतन्त्र माथिको घात गर्ने कामको अगुवाइ गर्ने कास्ङ्रेशले के के बचाउछ र अभिभावक !?
    ::: साच्चै काङ्रेशलाई राष्ट्रपती किन चाहिएको हो !?
    ::: भन्न सक्छन ओलीले गरेका भनिएका संबिधान मास्ने कुन कामले देशलाई के घाटा गर्‍यो !?
    ::: देखिएको त यो छ कि: ओलीको काल्पनिक त्राश देखाएर त्यो ‘ओली कवच’ भित्र लुकेर भारतीयलाई खुशी पार्ने नागरिकता बिधेयक पास गर्नु छ, चरम नरसम्हार गर्ने ‘आलम’ जस्तालाई छुटाउनु छ, गच्छेदार जस्तै तमाम भ्रस्टलाई छुटाउनु छ, भारतको लागि अत्ती कम्फर्टेबल सरकार बनाउनु छ !!
    ::: मुख्य त सत्ताको साचो बनेको माओवादी र सत्ता नभै नभएको प्रचन्डको कम्जोरी माथि खेलेर प्रचन्ड अनी ओली माथि प्रहार गर्नु छ, देशलाई यथा स्थितिमा राखेर त्यो ‘गरीबी-भाडो’ देखाएर डोनेसन भित्र्याउनु छ र आय गर्नु छ !!
    ::: अरु केही छ काङ्रेशकै राष्ट्रपति हुन पर्ने कारण !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर